लाेकमार्गमा बस पल्टेर दुर्घटना हुँदा ९ यात्रुको मृत्यु

Read Time:2 Minute, 12 Second

चैत्र ५, २०८०
पूर्ण बहादुर राना

बागलुङ स्थित मध्यपहाडी लोकमार्गमा पर्ने निसीखोला गाउँपालिका वडा नं ६ को जाउलेपानी भन्ने ठाउँमा यात्रुबाहक बस पल्टिदा नाै जनाकाे मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् ।

सोमबार साँझ ५ बजेर २० मिनेटमा यात्रुबाहक बस सडकदेखि १ सय ५० मिटर तल खसेकाे थियाे । ७ यात्रुको घटनास्थलमै मृत्यु भएको र २४ जना घाइते भएको जिल्ला प्रहरीका निरीक्षक दिपकबाबु केसीले जानकारी दिएका छन् । प्रहरीका अनुसार मृतकहरूको नाम नखुलेको जनाएको छ ।

सुरुआतमा खोजी तथा उद्धार गरेको थियो । टोलीले ७ जना घाइतेहरूलाई बुर्तिवाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याएको थियो । उनीहरु पनि बोल्न नसक्ने अवस्थामा रहेको प्रहरी नायव उपरीक्षक मदन केसीले बताए छन् ।

साे बस रुकुम पश्चिमबाट काठमाडौं जान हिँडेको वाग्मती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस खसेको हो । घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय झिवाखोलाको टोली घटनास्थल तर्फ लागेका थिए ।

प्रहरीकाे अनुसार अँध्यारो भएकोले उद्धारमा कठिनाइ भएको बताएकाे छ । घटनामा थप सुरक्षा र जनशक्ति आवश्यक भएकाे जानकारी भएपछि विपत् व्यवथापन गुल्म बागलुङबाट २० जना, नेपाली सेनाको घोडाबाँधे व्यारेकबाट समेत थप उद्धार टोली घटनास्थल तर्फ लागेका थिए । सदरमुकाम देखि १ सय ३० किमी पश्चिम घटनास्थल पर्दछ । घटना कसरी घटेकाे हाे भन्नेबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीका सूचना अधिकारी मदन केसीले बताएका छन् ।

3 0
Happy
Happy
0 %
Sad
Sad
100 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %