जापान २८ अगस्ट
अमेरिकाको बासिन्दाहरु अहिले समुन्दी आधीबेरी (हुरिकेन – आइरिन ) को त्रासमा छन । विशेष गरि समुन्द्र आसपासका घरहरु प्रभावित हुने भएकाले त्यहाका बासिन्दाहरु सुक्रबार बेलुकी देखि नै सवै घरहरु छोडेर अन्यत्र गइसकेका छन । सरकारले समेत प्रभावित त्यस्तो क्षेत्रका दुई लाख ५० हजार भन्दा बडि बासिन्दालाई सुरक्षित स्थानमा सरेर जान आग्रह गरेका छन । न्युयोर्कमा पहिलो हुन सक्ने यो आधीबेरिको खतराप्रति सचेत हुनका लागी दुईदिनदेखि न्युयोर्क राज्यका मेयर बुलुम बर्गले न्युयोर्कबासीलाई घरमा चाहिने खानेकुरा, पिउने पानी, टर्च लाइट, व्याट्री किनेर राख्न सुझाव दिदै आएका छन । त्यस्तै आफुनो महत्वपुर्ण कागजत समेत सुरक्षित रुपमा आफुसंग राख्न जानकारी समेत दिइसकेका छन ।
मौसमविदका अनुसार निकै खतरापुर्ण रुपमा आउन सक्ने यो प्राकृतिक प्रकोपमा ६० माइल प्रति घण्टाको तिब्र गतिको हावासंगै जमिनमा १२ इन्चसम्म पानी पर्नसक्ने जानकारी दिईसकेका छन । आधीबेरिको कारण न्युयोर्कको गर्भनर आन्दे्र एम कुमोले शनिबार दिउसोदेखिनै न्युयोर्कको सबै सार्वजनिक यातायात सेवा र हवाई सेवाहरु बन्द गरिसकेका छन । यसका साथै न्युयोर्कदेखि अन्यत्र जाने भुमीगत रेलमार्ग , बस मार्ग र सवै पुलहरु समेत बन्द गरिसकेका छन न्युयोर्कको लागोदिया बिमान स्थल सुक्रबार बेलुकी १२ बजे बाट नै बन्द गरिएको थियो । बिमान सेवा अचानक बन्द भएका कारण र साँझ न्यु योर्कको समुन्द्री छेउका बासिन्दाहरु अन्यत्रै सर्न लागेको कारण बाटो निकै लामो समय सम्म ट्राफिक जाममा परेकोथियो । थुप्रै यात्रुहरु लागोदिया र जेयफके बिमान स्थलमा समयमा पुग्न नसकेको कारण अलपत्र परेकाथिए ।
मेयर बुलुमबर्गले प्रभावित क्षेत्रका बासिन्दालाई सुक्रबार बेलुकासम्म नै त्यहाँबाट अन्यत्र जान सुचना दिइसकेका थिए । मौसमविदका अनुसार शनिबार विहान ७ बजेतिर नर्थ क्यारोलोना हुदै आउने आधीबेरीले न्युयोर्क लगायत आसपासका राज्यहरुमा पनि असर पर्ने जानकारी दिइसकेका छन । ‘ सुरक्षाका लागी प्रभावित क्षेत्रमा नबस्न हामीले आग्रह गरेको हो’ न्युयोर्कको मेयर बुलुकबर्गले भने- ‘यस्तो अपातकालिन स्थिति आउन लागेकोले अहिले सार्वजनिक सेवाहरु बन्द गर्ने निर्णय गरेको हो ।’
आधीबेरिको कारण शनिबार दिउसो १२ बजेदेखि आइतबार बेलुकासम्मको लागी न्युयोर्कको ४ सय ६८ ट्रेन स्टेसन , हजारौ बसको सेवा बन्द छ भने जेएफके र लगाडिया विमानस्थालबाट उडान हुने विभिन्न ५ हजार उडान रद्ध गरिएको छ । आधीबेरिसंगै आउने तिब्र गतिको हावाको कारण बिजुलीको लाइन र पानीको अभाव हुन सक्ने भएकाले अहिले उपभोक्ताहरु मैनबत्ति, टर्च लाइट र पसलबाट पिउने पानी किनेर राख्न थालीसकेका छन । यसका साथै कुनै पनि अपातकालिन स्थिति आएमा अन्यत्र जानका लागी आफनो महत्वपुर्ण कागजात, चाहिने सरसमान समेत पोका पारेर राखेका छन । अहिले न्युयोर्क लगायत आधीबेरि आउन सक्ने विभिन्न राज्यका बासिन्दाहरु मनमा डर र त्रासका कारण शनिबार र आइतबार राखेका विभिन्न कार्यक्रम समेत रद्ध गरिसकेका छन । उनीहरु रेडियो र टेलिभिजनको क्षण क्षणको समाचार सम्पर्कमा रहिरहेका छन । न्यु योर्क र न्यु जर्सीको बिचमा पर्ने ओसन सिटीको क्यासिनोहरु पनि बन्द गरि कामदारहरु अन्यत्रै सरेकाछन् ।
श्याम राना मगर