ठिमुरेमा मगर दिवस मनाइँयो,मगर साँस्कृतिक नाँच गाँन र खानाका परिकार संगै ।

Read Time:2 Minute, 33 Second

किरण रायमाझी
पाल्पा, फागुन १६

मगर साँस्कृतिक नाँच गान र खाँनाका परिकार संगै पाल्पाको ठिमुरेमा मगर दिवस मनाइएको छ । रिब्दीकोट गाउँपालिका ६ वाङसुरुङमा ४२ औं मगर एकता दिवस विभिन्न कार्यक्रमका साथ मनाइएको हो । नर बहादुर बुचाको अध्यक्षतामा भएको कार्यक्रममा , प्रमुख अतिथि नेपाल मगर भूपू सैनिक तथा प्रहरी संघका केन्द्रिय अध्यक्ष एवम् नेपाल मगर संघका केन्द्रिय सदस्य हुम बहादुर थापा पचभैयाले सरकारले मगर शमुदायका माग र हक अधिकारका वारेमा अझै वेवास्ता गरीरहेको बताउनुभयो ।

मगरहरु स्थानीय तह संगै संघिय सरकारको नेतृत्वमा पुग्नुपर्नेमा जोड दिदै अध्यक्ष पचभैयाले स्थायी सरकारको रुपमा लिईने निजामति सेवा (लोक सेवा ) मा मगरहरु प्रवेश गर्नुपर्ने बताउनुभयो ।
मगर एकता दिवसको कार्यक्रममा वडा अध्यक्ष प्रकाश रायमाझी, पूर्व वडा अध्यक्ष तुल बहादुर जिसि, यूवा नेता तथा रिब्दीकोट गाउँपालिकाका खेल संयोजक दिपक पचभैया, भरत बहादुर जि.सि , ताम बहादुर छहरि लगायतले शुभकामना दिदै मगर एकतामा जोड दिनुभएको थियो । कार्यक्रममा मगर समुहको पन्चेबाजा, ठूलो नाँच, सालै जो, झ्याउरे गित नाँच लगाएका प्रस्तुती भएका थिए । मगर खानाका परिकारहरु बारा (बटुक) सेलरोटी, अचार लगाएतका परिकारले पाहुनाहरुको स्वागत गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका बेलायती सेनावाट अवकास प्राप्त ठिमुरे निवासी हुम बहादुर पचभैयाले मगर संस्कृति जोगाउन तल्लिन कलाकार तथा कार्यक्रममा प्रस्तुत गित नृत्यका लागी प्रोत्साहन स्वरुप १० हजार नगद समेत प्रदान गर्नुभएको थियो । जुद्ध बहादुर पचभैया र बुद्धवल खाम्चाको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।

5 0
Happy
Happy
50 %
Sad
Sad
0 %
Excited
Excited
50 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %