हुम बहादुर पचभैयाद्धारा अक्षयकोषको स्थापना।

पाल्पा, फागुन १६
पाल्पाको रिब्दीकोट गाउँपालिका ६ घोर्लिखरकमा रहेको चण्डी भवानि प्रा.वि.को ३९ औ वार्षिक उत्सव एवम् अभिभावक भेला सम्पन्न भएको छ । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सान बहादुर गाहाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि समाजसेवी हुम बहादुर पचभैयाले गाउँमा रहेको विद्यालयको गुणस्तर उकास्न शमुदायनै सक्रिय हुनुपर्नेमा जोड दिनुभयो । गाउँबाट भैरहेको बसाईसराईलाई रोक्ने र बिद्यालय शिक्षालाई विक्ने बनाउन विद्यार्थी, अभिभावक र शिक्षक सवैको भुमिका उल्लेखनिय रहेको उहाँको भनाई छ ।
आफ्नै पिता चण्डी भवानि बिद्यालयका संस्थापक तथा पुर्ब प्रधानपन्च स्वर्गिय टोल बहादुर पचभैया र आमा डुकाकान्ता पचभैयाको सम्झनामा ५१ हजार १ सय ५१ रुपैयाँ को अक्षकोषको स्थापना गर्दे प्रमुख अतिथि हुम पचभैयाले स्थानीय, प्रदेश र संघिय सरकारले पनि गाउँका विद्यालयहरुलाई विशेष ख्याल गर्न र सहयोग गर्न आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा बिधालयका प्र.अ. ताम बहादुर छहारीले विद्यालयको २१ लाख बराबरको आर्थिक प्रतिबेदन प्रस्तुत गर्दे विद्यालयको प्रगति र प्रभावकारी शिक्षालाई विस्तार गर्न सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । विद्यालयको प्रगतिको कामना गर्दै रिब्दिकोट गाँउपालिका युवा तथा खेलकुद सयोजक दिपक पचभैया, समाजसेवी अम्बर बहादुर गाहा लगाएतले शुभकामना दिनुभयो । फत्त बहादुर रानाको संचालनमा भएको कार्यक्रममा विद्यार्थीहरुले साँस्कृति नृत्य समेत प्रस्तुत गरेका थिए ।

साथै केही महिना अघि यस विद्यालयका विद्यार्थीहरुको बुटवल स्थित न्यु होराइजनमा विवि एस्मा अध्ययनरत विद्यार्थीहरुले ४० हजार बराबरको शैक्षिक तथा खेलकुद सामाग्री सहयोग गरेकोमा विद्यालयको तर्फवाट उनीहरुलाई धन्यवाद दिदै सो सहयोगका लागी सहजीकरण गरेकोमा यूवा नेता तथा रिब्दिकोट गाँउपालिका युवा तथा खेलकुद सयोजक दिपक पचभैयालाई समेत सम्मान गरिएको थियो ।