चन्दा असुल्न कालो मोसो।

Read Time:3 Minute, 44 Second

 असाेक भन्डारी ,
       ”  ………. लाई भन्दा देख्नेलाई लाज ” भनेझै मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले बार्गेनिङमा सेटिङ नमिलेपछि केही भष्ट कर्मचारी , काला व्पापारी , शैक्षिक माफिया ठग बैंकर्सहरुलाई कालो  मोसो दल्दै हिडेेको देखिन्छ ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा रहेको बेला अकूत सम्पत्ति कमाउन पार्टी र विप्लवको आवरणमा रहेर यस्तै व्यक्तिहरु , होटलेहरु , एनसेल सञ्चालकहरुलाई कालो मोसो दल्ने , सुतली बम पट्काएर करोडौं रकम असुलेर पार्टीले कार्वाही गरेपछि सुरक्षित हुनका लागि हेमन्त प्रकाश ओली सुदर्शन  , धर्मेन्द्र वास्तोला कञ्चनहरु करोडौं रकमको भारी बोकेर केही कार्यकर्ताहरु सहित १० महिना पहिले वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालमा प्रवेश गरेका थिए। समाचारमा आए अनुसार कञ्चनले पार्टी स्कुलिङ चलाउने भनेर चीनबाट ल्याएको ३० लाख रकम र अन्नपूर्ण होटलबाट ल्याएको ३ करोडौं पैसा बोकेर सुदर्शन वैद्यको शरणमा पुगेका थिए ।

पार्टीले आर्थिक एवं साँस्कृतिक विचलमा परेका सुदर्शन , कञ्चनलाई अनुशासनात्मक कार्वाही गरी पार्टीको साधारण सदस्यबाट समेत निस्कासन गरे पछि उनीहरू बहुमत ढोल बजाउँदै सुरक्षित हुनका लागि वैद्य नेतृत्वको कथित क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालमा छिरेका थिए ।  त्यहाँ गरेर ठूलो मात्रामा खरानी घस्दै क्रान्तिकारी गफ हाँक्दै आफूसँगै लिएका युवाहरूलाई नांगो शरीर देखाउँदै भ्रष्टहरुलाई मोसो दल्ने र २/४ पुलिसखोरमा बसेर वक्तव्य निकाल्न लगाएर चन्दा असुल्ने धन्दा चलाउने वैद्यहरुलाई खुसी तुल्याउने खेल खेलिरहेको सोझै अनुमान गर्न सकिन्छ ।    

उच्च खान्दानी सुखसैयलको जीवन निर्वाह गर्दै आएका नक्कली क्रान्तिकारी सुदर्शन – कञ्चनहरुलाई विप्लवलाई उल्टै भ्रष्टाचारको आरोप लगाउँदै पैसाको भारी बोकेर  वैद्यको टाङमुनी छिर्न पुगेका भ्रष्टहरुलाई उक्त पैसाले नपुगे पछि कालो मोसो दल्दै चन्दा असुल्ने धन्दा चलाउनु परेको देखिन्छ । क्रान्ति त सचेतन प्रयत्नले हुने कुरा हो , केही भ्रष्टहरुलाई कालो मोसो दल्दैमा क्रान्ति हुने होइन , खाली यो त कमाउ धन्दा मात्रै हो ।

उनीहरूले किरण – गौरवहरुको क्रान्तिकारी आवरण भित्र लुकेर यो धन्दा चलाई राखेको देखिन्छ , वैद्य – गौरवहरुलाई लाज नलाग्नु अर्को अनौठो कुरा हो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %