२१ अगस्त हंगकंग
भर्खरै मात्रै संगठित रुपमा अगाडि आएको भारतीय गोर्खा सैनिक संगठन हंगकंगले भारतको स्वतन्त्रता दिवस मनाएकोछ । भिसी तुल बहादुर पुन मगर र लक्षुमन गुरुङको संझना गरी प्रथम भिसी स्मृति साँझ २०११ याउ मा तेइ क्म्यूनिटी हलमा अध्यक्ष जे वि गुरुङको अध्यक्षतामा र हङकङ नेपाली महासंघका अध्यक्ष प्रदिप थापाको प्रमुख आतिथ्यमा सम्पन्न गरेको छ ।
नेपाली बाणिज्यदुत किरण शाक्य पनि सहभागी थिए । भारतीय महावाणिज्यदूतासबाट पनि अतिथिको रुपमा प्रतिनिधिको उपस्थिति रहेको थियो । अन्य अतिथिहरुमा विभिन्न संस्थाका अध्यक्ष लगायत प्रतिनिधिहरु थिए । नेपालबाट चार जना कलाकारहरु ल्याएर दोहोरी लागायत अन्य विधामा दर्शकहरुलाई मनोरञ्जन दिएको हुनाले दर्शकहरुको पनि राम्रो उपस्थिति थियो ।
दर्शकहरु सवै नेपाली भए पनि नृत्य भने प्राय सवै हिन्दी गीतमा गराइएको थियो ।
सबैभन्दा खड्किने कुरा, जागिरमा भारतीय सरकारको नुन पानी खाए पनि त्यो ज्यानको आहुती दिएर खाएको हो । मर्ने र बाच्ने भन्ने कुरालाई प्रवाह नगरी काम गरेको हुनाले दिएको राशन हो भन्ने कुरा भने भूपूहरुले विर्सेको देखिन्थे । पेन्सन आई सकेपछि पनि र हाल हंगकंगमा रहदा पनि भारतको हावाले नछोडेको हुनाले स्वतन्त्रता दिवसको उपलक्ष्यमा भनी कार्यक्रम गरियो । जसलाई धेरै सहभागीले मन पराएनन् ।
ती सहभागीहरुको भनाईमा स्वतन्त्र त भारतीयहरु भएका हुन नेपालीहरु होइनन । यदि नेपालीहरु स्वतन्त्र भएको होइन भने अर्काको देशको स्वतन्त्रता दिवस मनाउन आवश्यक किन पर्यो भन्ने प्रश्न गर्नेहरु थुप्रा थिए ।
भीम थापा मगर