विदेश लैजाने बहानामा लाखौ ठगेर तनहुँ शुक्लागण्डकीका मुकेश फरार

Read Time:1 Minute, 50 Second

दुलेगौँडा । तनहुँको शुक्लागण्डकी नगरपालिका ११ का मुकेश सापकोटा नेपाली युवा युवतीलाई वैदेशिक रोजगारीको बहानामा ठगी गरेर फरार भएका छन् ।


हाल दुवै रहेको बताउने सापकोटाले झापाका निर्मल तामाङ्ग सहित १५ जना बढीबाट भण्डै ५० लाख ठगी गरेको पिडितहरुले बताएका छन् । तनहुँको शुक्लागण्डकी नगरपालिका ११ स्थायी ठेगाना भएका सापकोटा परिवार सहित नवलपरासीमा बस्ने भएता पनि उनको परिवार हाल भारतमा रहेको शुक्लागण्डकी नगरपालिका – ११ वडा कार्यालयले जानकारी दिएको छ ।
२७ बर्षीय सापकोटाले विभिन्न देश लैजाने प्रलोभन देखाएर प्रतिव्यक्ति दुई लाख ५० हजार देखि १२ लाख सम्म असुल गरेको पिडित तामाङ्गले जानकारी दिए ।


उनीविरुद्ध ठगी आरोपमा जाहेरी परेपनि फरार रहदै आएको पाइएको छ । शुक्लागण्डकी नगरपालिका ११ का वडाध्यक्ष शालिकराम भट्टराईले सापकोटाको ठगी धन्दा बारे वडामा समेत जानकारी भएको बताउदै उनी नेपालमै रहेको समेत जानकारी दिए । ‘मान्छे त्यस्तै प्रकारको छ भन्ने थाहा भयो, केही दिन अघिसम्म यहीँ फिर्दीतिर देखिएको भन्ने समेत जानकारी पाएको थिएँ ।’ वडाध्यक्ष भट्टराईले भने ।
उनी विरुद्ध पक्राउ पुर्जा जारी भएपनि पिडीत र प्रहरीबाट लुक्दै आएको पाइएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %