काठमाडौँ, ३१ असोज
नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले विजयादशमीको पावन दिनमा ‘सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक शुभकामना अर्पण’ गरेकाछन् । विजयादशमीका अवसरमा आज दिइएको शुभकामना सन्देशमा सभापति कोइरालाले ‘नेपालमा मनाइने सबै चाडपर्व हाम्रो सामाजिक सम्बन्ध र साँस्कृतिक सौहाद्र्रताका धरोहरहरू हुन्’ भन्दै यी चाडपर्वले सामुहिक भावनालाई अझ विकसित गर्दै सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पु¥याएको उल्लेख छ ।
सन्देशमा ‘आज हाम्रो देश दिगो शान्ति कायम गर्ने र लोकतान्त्रिक सङ्घीय गणतन्त्रात्मक संविधानको निर्माण गर्ने गुरुत्तर जिम्मेवारी इतिहासले हामीलाई सुम्पेको छ इतिहासले सुम्पेको यो जिम्मेवारीप्रति सचेत भएर हामीले त्यसलाई पूरा गर्न सक्यौँ भने मात्र नेपाललाई शान्त, समृद्ध र समुन्नत नेपालमा रूपान्तरण गर्न सकिने’ उल्लेख छ ।