३३अाैं स्थापना दिवस तथा तमुवान-मगरात(गण्डकी) प्रदेश समितिकाे दाेश्राे अधिवेशनकाे अन्तिम तयारी पूरा

Read Time:2 Minute, 25 Second

पूर्ण बहादुर राना

माघ ०५, २०८०

राष्ट्रिय जनमुक्ति पार्टीकाे ३३अाैं स्थापना दिवस तथा तमुवान-मगरात(गण्डकी) प्रदेश समितिकाे दाेश्राे ऐतिहासिक अधिवेशनकाे अन्तिम तयारी पूरा भएको छ । ३३अाैं स्थापना दिवस तथा प्रदेशकाे दाेश्राे अधिवेशनका प्रमुख अतिथि संस्थापक अध्यक्ष एम. एस. थापा अधिवेशन स्थल पाेखरामा आईसक्नु भएको छ । संस्थापक अध्यक्ष थापालाई एअरपोर्टमा स्वागत गर्न केन्द्रीय उपमहासचिव चेत आले, प्रदेश सचिव पूर्ण बहादुर राना र जिल्ला अध्यक्ष बहादुरसिं थापा गएका थिए । थापालाई वहाँकाे आफन्तकाे घरमा राखिएको छ ।

अधिवेशन मूल तयारी समितिका संयाेजक मन्धरि आलेकाे संयाेजकत्वमा दाेश्राे अधिवेशनकाे अन्तिम तयारी बैठक बसेकाे थियाे । बैठकमा विभिन्न जिल्लाबाट उपस्थित हुने प्रतिनिधि तथा पर्यवेक्षकलाई उचित तरिकाले व्यवस्थापन गर्न गाँस र बासकाे लागि विभिन्न हाेटेल र लजकाे बुकिङ गरिएको छ ।

“नेपालमा हुने सबैखाले जातीय विभेद, भ्रष्टाचार र बेरोजगार अन्त्यको लागि जनमुक्ति विचारधारालाई संस्थागत गरौं!,
मुलुकमा समृद्ध, भातृत्व र अमनचयनका लागि तमुवान–मगरात(गण्डकी)प्रदेश समितिको दोश्रो अधिवेशन सफल पारौं!“ भन्ने अधिवेशनकाे मूल नारा रहेकाे छ । यस नाराले नेपालमा बढ्दै गरेकाे जातीय उत्पिडन, बेराेजगार र भ्रष्टाचार अन्त्य गर्न जनमुक्ति विचारधारा लागू गर्नुपर्ने अनिवार्य रहेकाे जनाएको छ । नाराले जनमुक्ति विचारधारा व्यावहारमा लागू गरे सबैखाले जातीय विभेद, बेरोजगार र भ्रष्टाचार अन्त्य हुने र देशमा अमनचैन, समृद्ध र भाईचाराकाे विकास हुने जनाएको छ ।

1 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %