
गायत्री राना मगर
पुस २२,२०८०
काठमाण्डौ – मास्टर मित्रसेन स्मृति प्रतिस्ठान काठमाण्डौका सस्थापक महासचिव, पुर्ब अध्यक्ष एबं बर्तमान संरक्षक सल्लाहकार श्री त्रिलोक सिह थापा मगर ज्युले आज आफ्नो घरमा झ्याउरे समराट मास्टर मित्रसेन सिन्जाली थापा मगरको जिवनिमा आधारित उपन्यास “लाहुरे को रेलिमाई” का उपन्यासकार लेखक श्री बिजय हितान मगर ज्यु लाई सम्मान गर्नुभएकाे छ ।

“यो उपन्यासले मित्रसेन र लेखक दुबैलाई उचाईमा पुर्याउन मद्दत गरेको छ हामी सबैले गर्व गर्न सक्छौ” त्रिलोक थापाले मगरले भन्नु भयो ।
साथै, त्रिलोक सिं थापाले मित्रसेन प्रज्ञा प्रतिष्ठानका बर्तमान कार्यसमिति र सम्मानित बिजय हितान लाई दिवा भोजको पनि आयोजना गर्नुभएको थियो ।
