काठमाडौँ, ३१ असोज
पूर्वराजा ज्ञानेन्द्र शाहले बडादसँैको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहे बसेका समस्त नेपाली ‘दिदीबहिनी तथा दाजुभाइको सुुख, शान्ति, समृद्धि र प्रगतिका लागि’ शुभकामना व्यक्त गरेकाछन् । ।
विजयादशमीको उपलक्ष्यमा आज निकालिएको शुभकामना सन्देशमा भनिएकोछ, ‘हाम्रो धर्म, संस्कृति, परम्परागत रीति पद्धतिको रक्षा गर्दै हामीले हाम्रो स्वतन्त्र राष्ट्रिय अस्मितालाई जोगाएर राष्ट्रिय गौरवको प्रबद्र्धन र मुलुकमा राजनीतिक स्थिरता कायम गर्नुपर्ने’ उल्लेख छ ।
सन्देशमा मुलुकमा सुशासनको अनुभूति, शान्ति सुरक्षाको प्रत्याभूति र धार्मिक तथा सामाजिक सद्भावको सम्पोषणका साथै नेपालीको समृद्धितर्फ निरन्तर पाइला बढाउनुपर्दछ भन्ने आफ्नो मान्यता रहेको उल्लेख छ ।
रासस