
१९औँ अन्तरक्रिया कार्यक्रमकाे पूर्ण बैठक सम्पन्न।
मगर संघ हङकङ फुटाउने यीनै हुन । वागमती प्रदेशमा मगर फुटाउने यीनै हुन ,कतारमा फुटाउने यीनै हुन ,जिल्लामा मगर फुटाउने यिनै हुन र स्थानिय तहमा मगर फुटाउने पनी यीनै हुन।
मगर संघका अध्यक्ष ज्ञानेन्द्र पुन मगर असंबैधानी अध्यक्ष हुनुका कारण यस्तो छ!पुरा पढ्नुहोस् र सभ्य भाषामा प्रतिकृया दिनु होला।

नेपाल मगर संघ बागमती प्रदेश समितिको अध्यक्ष सविन पुलामी मगर ‘साकार’को अध्यक्षतामा १९ पुर्ण वैठक तथा अन्तरक्रिया नेपाल मगर संघ केन्द्रीय समितिको सल्लाहकार मेजर चोक थापा मगर ज्युको प्रमुख अतिथिमा चितवन जिल्लाको पारस वस पार्कको फोरसिजन पार्टी प्यालेस विभिन्न निर्णय गरि सम्पन्न भएको छ।

नेपाल मगर संघ बागमती प्रदेश समितिको बैठकमा विशेष अतिथिको रुपमा नेपाल मगर केन्द्रीय समितिको निवर्तमान केन्द्रीय सदस्य चन्द्र वहादुर थापा मगर, विषेश अतिथि नेपाल मगर खेलकुद संघको केन्द्रिय समितिको कोषाध्यक्ष एवम् पूर्व SSP मान वहादुर रजाली मगर, वैद्ध सेवा समाजको केन्द्रीय सल्लाहकार टेक वहादुर सारु मगर, नेपाल मगर भुपु सैनिक तथा प्रहरी संघ बागमती प्रदेश अध्यक्ष क्याप्टेन लाल वहादुर थापा मगर, नेपाल मगर भुपु सैनिक तथा प्रहरी संघ बागमती प्रदेशको सचिव एवम् वागमती प्रदेश सदस्य दिपक थापा मगर,अतिथि नेपाल मगर संघ जिल्ला समन्वय समिति अध्यक्ष याम वहादुर थापा मगर, वैद्ध सेवा समाजका अध्यक्ष कर्ण वहादुर थापा मगर,१६ वडा प्रारम्भिक समितिको अध्यक्ष धन वहादुर थापा मगर, मगर एकता समाजको अध्यक्ष मिन बहादुर थापा मगर, लगायत बिभिन्न प्रतिनिधिको उपस्थितिमा वैठक तथा अन्तरक्रियाले नेपाल मगर संघ जिल्ला समन्वय समिति चितवनको तसर्थ समितीको अध्यक्ष मिन बहादुर थापा मगर निर्वाचित हुनु भएको छ। नेपाल मगर संघ जिल्ला समन्वय समिति चितवनको तसर्थ समितीको अध्यक्ष मिन वहादुर थापा मगरको अध्यक्षतामा ७ तसर्थ समिति निर्माण भएको कार्यक्रमको प्रमुख अतिथी नेपाल मगर संघ केन्द्रीय समितिको सल्लाहकार मेजर चोक थापा मगरले घोषणा गर्नुभएको छ।

मगर संघका अध्यक्ष ज्ञानेन्द्र पुन मगर असंबैधानी अध्यक्ष हुनु कारण नेपाल मगर संघ केन्द्रीय समितिको १२औँ राष्ट्रिय महाधिवेशन स्थानिय तहको अधिकार कटौती गरी, स्थानिय तहको प्रतिनिधित्व विनाको अध्यक्ष भएको असंवैधानिक अध्यक्ष भएको हो। २६औँ राष्ट्रिय सम्मेलनले पारित विधान , CDO वाट स्विकृत विधान अनुसार महाधिवेशन नभएकोले असंवैधानिक अध्यक्ष भएको केन्द्रीय समितिको सल्लाहकार एवम् मेजर चोक वहादुर थापा वताउनुभएको छ। असंवैधानिक अध्यक्ष ज्ञानेन्द्र पुन मगर अवैधानिक कार्यहरु गर्दै गएकोले सवै सचेत हुन सवैमा अपिल गर्नुभएको छ।गलत वाटो अपनाएको नेपाल मगर संघ जिल्ला समन्वय समितिको अध्यक्ष ठाकुर सिंह आले मगरलाइ २४ घण्टे अल्टिमेटमसहित स्पष्टिकरण सोधिने लिखित जवाफ माग्ने निर्णय भएको छ ।

वैठक तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल मगर संघ केन्द्रीय समितिको सल्लाहकार एबम् मेजर चोक वहादुर थापा मगरले असंवैधानिक तरिका मगर एकता खलबल पुराउने कारकतत्व स्वयम नेपाल मगर संघ केन्द्रीय समिति समिती नै लागेको आरोप लगाउनु भएको छ। उहाले असंवैधानिक कानुन र विधान विपरित जाने कसैलाइ छुट छैन अब चुपलागेर वस्न नहुने तर्क समेत गर्नुभयो। हंगकंगमा मगर संघ फुटाउने एकता तोड्न लगाउने यिनै हुन भन्नुभएको छ। विदेशमा मगर फुटाउने वागमती प्रदेश फुटाउने जिल्लामा पनि फुटाउने, स्थानीय तहमा पनि फुटाउने यिनै हुन अव भण्डाफोर गर्नुपर्छ, सहि लाइ सहि भन्नु परियो गलतलाइ गलत भन्नुपर्यो, नेपाल मगर संघ वागमती प्रदेशको आधिकारिक समतिको अध्यक्ष सविन पुलामी मगर भएकाले आधिकारिक समितिलाइ साथ सहयोग सवैमा अपिल गर्नुभयो।
असंवैधानिक, अवैधानिक, विधान विपरीत गठन गर्ने मिलन थापा मगर तिर नलाग्न सम्पुर्णमा अपिल गर्नुभएको छ।असंवैधानिक, अवैधानिक, विधान विपरीत जाने सवैजना सिध्धिने भएको सचेत हुन आग्रह गर्नुभएको छ।
नेपाल मगर संघ बागमती प्रदेश समिति नेपालको संविधान भित्र रहेर नेपाल सरकारबाट मान्यता प्राप्त, संस्थाको विधि, विधान र कानुन सम्बद्ध रहेको नेपाल मगर संघ बागमती प्रदेश समितिको अध्यक्ष सविन पुलामी मगर ‘साकार’को अध्यक्षतामा वैठक तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन नेपाल मगर संघ वागमती प्रदेश समितीको महासचिव उर्मिला पुलामी मगरले गर्नुभएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष जंग बहादुर मगरले गर्नुभयो। कार्यक्रममा सचिव कृष्ण वहादुर पुर्वछाने मगर,कोषाध्यक्ष सुरज थापा मगर, सह-कोषाध्य उपेन्द्र वहादुर पुलामी मगरले बोल्नुभएको भयो। कार्यक्रममा १३ जिल्ला समन्वय समितिको प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।