मगर संघ जापानमा श्याम राना

Read Time:2 Minute, 22 Second

१४ अगस्त २०११ का दिन जापानको टोयोटा सिटीमा मगर सेवा समिति टोकाई  जापानको १३औ साधारण सभा बाट नाम परिवर्तन गरि मगर संघ टोकाई जापानको नामाकरण गरिएकोछ । नयाँ नेतृत्वमा राज्यसत्ता डटकमका जापान संवाददाता श्याम राना मगर अध्यक्षमा चुनिएकाछन् । उनको नेतृत्वमा २२  सदस्यीय कार्यसमिति गठन भएको छ ।

उपाध्यक्षमा बरदान बुढा मगर, टक बहादुर पुन मगर र शमशेर रोका मगर, महासचिवमा लिल कृष्ण पुन मगर, सचिव बाबुकाजी बुर्जा मगर कोषाध्यक्षमा  दिलिप राना मगर सहकोसध्यक्षमा कमला बलामी मगर र सदस्य हरुमा लक्ष्मी घर्ति मगर, बिरमाया पुन मगर, केहरसिंह थापा मगर, जीबन पुन मगर, टक प्रसाद पुन मगर, डम्मर सिंह पुन मगर, दल बहादुर पुन मगर, अविशेक बुढा मगर, बिकाश राना मगर, श्यामलाल बुढा मगर, अभिषर बुढा मगर, लक्ष्मी पुन मगर, सुमित घर्ति मगर, तेजु खाम मगर रहेका छन् ।

सल्लाहकार समिति गठन गर्न बाकी छ ।कार्यक्रमको स्वागत मन्तब्य भिजेन्द्रमान पुन मगरले दिएका थिए भने प्रमुख अतिथिमा नेपाल आदिबासी जनजाती महासंघ जापानका केन्द्रीय अध्यक्ष केबि मगर तथा अतिथि हरुमा विभिन्न एकलजातीय संघ संस्थाका प्रतिनिधि हरु थिए । सबै अतिथिहरुले कार्यक्रमको पूर्ण सफलताको लागि सुभकामना मन्तब्य दिएका थिए ।

अमेरिका, युके, हंगकंग, मलेसिया तथा विभिन्न देशबाट प्राप्त सुभकामना संदेश समितिका सचिव शमशेर रोका मगरले पढेर सुनाएका थिए । अध्यक्ष पदका लागि २ जनाको उम्मेदवारी भए पनि सर्ब सम्मत ढङ्ग बाट श्याम रानालाइ चुनेका हुन् ।

निर्वाचित पछिको नमस्कार -अध्यक्ष श्याम राना मगर

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %