
पूर्ण बहादुर राना
२०८० मंसीर २९ गते सम्पन्न राष्ट्रिय जनमुक्ति पार्टी लुम्बिनी प्रदेश समितिकाे दाेश्राे अधिवेशनबाट अध्यक्षमा पुनः झम बहादुर गुरूङ चयन भएका छन् । दाेश्राे अधिवेशनले राष्ट्रिय जनमुक्ति पार्टी लुम्बिनी प्रदेश (लुथम) को दोस्रो अधिवेशनबाट गुरूङको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

लुम्बिनी प्रदेश समितिको बरिष्ठ उपाध्यक्षमा लिलमाया राना, उपाध्यक्षमा रेखा प्रसाद चौधरी, सचिवमा चित्र प्रसाद गुरूङ, कोषाध्यक्षमा धनिसरा दर्लामी, उपसचिवमा पार्वती थारू र लिल बहादुर दर्लामी तथा सहकोषाध्यक्षमा ओक प्रकाश बिक चयन भएका छन् । बुटवलमा र्यालि सहित सुरू भएको दाेश्राे प्रदेश अधिवेशनको उद्घाटन राष्ट्रिय जनमुक्ति पार्टी केन्द्रीय अध्यक्ष केपी पालुङ्वा लिम्बुले गर्नुभएको थियो ।

