चाैरजहारी सोती गाउँ घटनामा संलग्न २४ जनालाई जन्मकैदको सजाय ठहर

Read Time:4 Minute, 12 Second

मंसिर १९, २०८०
पूर्ण बहादुर राना

रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँमा अन्तरजातीय प्रेमसम्बन्धको विषयलाई लिएर नवराज विकसहित ६ जनाको हत्यामा संलग्न रहेका अध्यक्ष डम्बर बहादुर शाहि सहित २४ जनालाई जिल्ला अदालत रुकुम पश्चिमले जन्मकैदको सजाय सुनाएको छ ।

जाजरकोट काे नवराज बिक मल्ल थरकि केटि लिन जाँदा २०७७ जेष्ठ १० गते साे घटना घटेकाे थियाे । साढे तीन वर्षअघि साे घटना भएको थियाे । घटनासँग सम्बन्धित कर्तव्य ज्यान र जातीय छुवाछूतको मुद्दामाथि रुकुम पश्चिम जिल्ला अदालतका न्यायाधीश खड्गबहादुर केसीको इजलासले जन्मकैदको सजाय सुनाएको हो । आइतबारदेखि उक्त मुद्दामा अन्तिम सुनुवाइ सुरु भएको थियाे । मंगलबारकाे दिन अन्तिम आदेश आएको हो । हत्या संलग्न २४ जनालाई जातीय छुवाछुतको कसुरमा थप दुई वर्ष कैद र ५० हजार जरिवानाको पनि फैसला भएको छ ।

साे घटनामा संलग्न २३ जनलाई पूर्पक्षका लागि कारागारमा राखिएको थियाे । न्यायाधीश केसिले बाहिर रहेका ११ जना मध्ये एक जनालाई जन्मकैद, दुई वर्ष कैद ५० हजार जरिवाना हुने र अन्य २ जनालाई जातीय छुवाछुतको कसुरमा २ वर्ष कैद र ५० हजार जरिवाना हुने फैसला सुनाइएको छ । प्रत्येक दोषीहरुबाट जनही ४० हजार रुपैया भराउने र साे रकम मृतकका परिवारलाई दामासाहीले दिने पनि फैसला गरेकाे छ । घटनामा संलग्नताको ८ जना आराेपिले भने सफाइ पाएका छन् ।

२१ वर्षे नवराज विकले जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका बासिन्दा थिए । नवराजले आफ्ना साथीहरू लिएर मल्ल थरकी प्रेमिकालाई भगाएर बिहे गर्न सोतीगाउँ पुगेका पुग्दा उनीहरूमाथि सोती गाउँका स्थानीयले योजनाबद्ध आक्रमण गरि नवराजसहित ६ जनाको ज्यान गएको थियो भने अरू १२ जना घाइते भएका थिए । ६ जना मृतककाे लास दुई सातासम्मको भेरी नदीमा खाेजेपछि भेट्टाएको थियो । घटनामा मृत्यु हुने ६ जना व्यक्तिहरू नवराज विक, उनका साथीहरू सन्दीप विश्वकर्मा, टीकाराम सुनार, गणेश बुढा, लोकेन्द्र सुनार र गोविन्द शाही रहेको थियो ।

६ जनाको हत्या गरी भेरी नदीमा फालेको अभियोगमा जिल्ला अदालतमा २०७७ जेठ ३२ मा मुद्दा दायर गरिएकोथियाे । नवराजका बुबा मुनलाल नेपालीको जाहेरिमा चौरजहारी–८ का तत्कालीन वडाध्यक्ष डम्बरबहादुर मल्लसहित ३४ जनाविरुद्ध मुद्दा चलेको थियो । उनीहरूमध्ये १ जना (किशोरीकी आमा) धरौटीमा र अन्य १० जना सामान्य तारिखमा छुटेका थिए भने २३ जना पुर्पक्षका लागि कारागार चलान भएका थिए ।

ती ३३ जनालाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय भेदभाव र छुवाछूत कसुरको अभियोग छ भने एक जनालाई मतियारको अभियोग लागेको थियो ।

हत्यामा तथा जातीय छुवाछूतमा जन्मकैद सजाय पाउने व्यक्तिहरूकाे नामावली

हत्या र जातीय छुवाछुतकाे अपराधकाे घटनामा सफाइ पाउने व्यक्तिहरू

1 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %