पूर्ण बहादुर राना
कार्तिक २१, २०८०
२०८० असार १८ गते शुक्रबार जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु गरी मध्यरातमा गएको ६.४ रेक्टरकाे भूकम्पका कारण जाजरकोट र रुकुमपश्चिममा १५३ जनाको मृत्यु भइसकेको छ भने साढे ३ सय जना घाइते छन् । यि दुई जिल्लामा गरी १७ हजार ७ सयभन्दा धेरै घरहरू पूर्णरुपमा क्षतिग्रस्त भएकाे छ ।
भुकम्पकाे कारणले ३ सय ४९ र रुकुम पश्चिमका ६६ विद्यालयमा क्षति भएको छ । साे भुकम्पमा परि २४ जना विद्यार्थी र एक शिक्षकको मृत्यु भएको छ । भूकम्पकाे अति प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिमका कम्तीमा ४ सय १५ विद्यालयमा क्षति पुगेको छ । भुकम्पमा परि पूर्ण र आंशिक गरी जाजरकोटका ३ सय ४९ र रुकुम पश्चिमका ६६ विद्यालयमा क्षति पुगेको हो कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । करिब एक सय विद्यालय पूर्ण रूपमा क्षति भएको प्रारम्भिक विवरण प्राप्त भएको मन्त्रालयका सचिव भोजराज काफ्लेले जानकारी दिएका छन् । क्षति हुनेमा भवनसँगै विद्यालयका आईसीटी ल्याब, पुस्तकालय, घेराबार र सोलार सिस्टममा क्षति पुगेको तथ्यांक छ । मन्त्रालयले भूकम्प प्रभावित जिल्लाबाट मंगलबारसम्म क्षतिको विवरण पठाउन जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइलाई सर्कुलर गरेको जनाएको छ । मन्त्रालयले कम प्रभावित अन्य जिल्लाबाट शिक्षण संस्थाको विवरण आउन बाँकी रहेको जनाएको छ ।

भूकम्पमा परी मृत्यु हुनेमध्ये जाजरकोटमा एक शिक्षकसहित ११ विद्यार्थी र रुकुम पश्चिममा १३ गरी २४ जना विद्यार्थीको मृत्यु भएको त्यहाँस्थित शिक्षा इकाइले जनाएकाे छ ।
१५ विद्यालयका ३ हजार ६ सय विद्यार्थी प्रभावित भएकोरुकुम पश्चिमको शिक्षा इकाइ प्रमुख ताराप्रकाश पुनले पूर्ण क्षति भएको बताए । पुनका अनुसार एक/एक जना शिक्षक र विद्यार्थी घाइते भएका छन् । २, ४ र ६ कोठे विद्यालय भवनहरूमा पूर्ण र आंशिक असर पुगेको जनाएको छ । २ सय ८८ वटा विद्यालय रुकुम पश्चिमा सञ्चालनमा छन् । कक्षा सञ्चालन गर्न क्षति पुगेका विद्यालयमा संभव नभएकोले कक्षा सञ्चालन गर्न वैकल्पिक व्यवस्था गर्नुपर्ने इकाइ प्रमुखहरूले बताएका छन् ।

निजी स्रोतमा कार्यरत एक शिक्षकको मृत्यु भएको छ । जनाए । २ शिक्षक र ३१ विद्यार्थीसमेत घाइते रहेको छ । जाजरकोटमा ९२ विद्यालय भवनका ३ सय ६६ कक्षाकोठा पूर्ण रूपमा र २ सय ५७ भवनका ४ सय ७६ कक्षाकोठामा आंशिक रूपमा क्षति पुगेको छ । ४३ शौचालयमा पूर्ण र ९० वटामा आंशिक क्षति भएको इकाइले जनाएको छ ।
कर्णाली प्रदेशका मुख्य सचिव चूडामणि पौडेलका अनुसार प्रभावित क्षेत्रमा उद्धारको काम सकिएर राहत र पुनःस्थापनाको काम थालिएको जनाएकाे छ ।
११ वटा जिल्ला जाजरकोट, रुकुम पश्चिम, रुकुम पूर्व, सल्यान, रोल्पा, नवलपरासी पूर्व, दाङ, बैतडी, जुम्ला र प्यूठानलाई ११ जिल्लालाई गृह मन्त्रालयको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाले भुकम्प प्रभावित जिल्लामा राखेको छ । यी जिल्लाहरूका घर र विद्यालयमा भूकम्पले क्षति भएको छ । करिब ३ हजार ८ सय ९१ घरमा पूर्ण र आंशिक।क्षति पुगेकाे प्रहरीले जनाएको छ । कर्णाली प्रदेशमा ३ हजार २६ सामुदायिक र २ सय १७ वटा निजी विद्यालय छन् ।