राज्यसत्ता संवाददाता
कार्तिक १६,२०८०
सर्वोच्च अदालतले योगराज ढकाल रिगललाई दिइएको आममाफी बदर गरेकाे छ । सर्वोच्च अदालतले रिगललाई तत्काल पक्राउ गर्न आदेश दिएको छ । सरकारको सिफारिस र राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयले जन्मकैदमा ११ वर्ष ११ महिनासम्म सजाय भाेगिरहेका रिगललाई माफि दिएर रिहा गरेकाे थियाे । माफी पाएर रिहा भएका रिगल भनिने योगेराज ढकाललाई तत्काल पक्राउ गरी बाँकी कैद असुल गर्न भनेको छ। ईश्वरप्रसाद खतिवडा, सपना मल्ल प्रधान र कुमार चुडालको पूर्ण इजलासले सो आदेश दिएको हो ।
पूर्ण ईजलासले दिएको आदेशमा रिगललाई तुरुन्त पक्राउ गरेर उनको मिनाहा गरिएको कैद सजाय भुक्तानी गराउन भनिएको छ । सर्वोच्चले रिगलले गरेको अपराध माफी दिएर सजाय घटाउन मिल्ने नदेखिएको भन्दै उनलाई पुन: थुनामै राख्न भनेको हो। सरकारले संविधान दिवसको दिन माफी दिएको थियो। सरकारले दिएको माफि पश्चात् हत्या गरिएका चेतन मानन्धरकी श्रीमती भारती शेर्पाले सर्वोच्च गुहारेकी थिइनन्। उनले सर्वोच्चमा माफी बदर हुनुपर्ने माग गर्दै रिट दायर गरेकी थिइन्।
सरकारले माफि दिने सरकारकाे अधिकार र सिफारिस माथि सर्वोच्चले धेरै प्रश्न उठाएको छ। यसअघि भएका सजाय माफिका विषयमा सर्वाेच्चले फैसला र व्याख्या गरेकाे छ ।















