पूर्ण बहादुर राना
जुनसुकै चाडबाडहरू कुनै जाति(समुदाय)ले भुगाेल र वातावरणकाे आधारमा बनाएकाे हाे । पछि चेत खुलेपछि कतिपय समुदायले किंवदन्ती बनाएर धर्मकाे आधारमा चाडबाड बनेकाे भन्ने भाष्य निर्माण गरे । चाडबाड मनाउनुकाे मुख्य उद्देश्य फुर्सदकाे समय वा फुर्सद निकालेर मिठाे मसिनाे खाने । आफ्ना नातेदार, आफन्त साथीभाइ छरछिमेकि भेट्ने र आराम(विदा) गर्ने माध्यम हाे ।
यदि भगवान वा परमेश्वर र क्रिश्चियन धर्म सर्वव्यापि भएकाे भए किन क्रिसमस सबै देशका ८ अरब मानिसले मनाएन?
यदि भगवान वा हिन्दु धर्म सर्वव्यापि भएको भए किन दशैंमा टीका अफ्रिकामा अफ्रिकीले लगाएन? चिनमा चिनियाहरूले र अमेरिका बेलायतमा अमेरिकी र बेलायतीहरूले किन दशैंकाे टीका लगाएन? किन संसारका ८ अरब मानिसले दशैंकाे टीका लगाएन?
यदि भगवान वा अल्लाहा सर्वव्यापि भए किन ईद संसारका सबै देशका ८ अरब मानिसले मनाएन?
यदि भगवान वा बुद्ध सर्वव्यापि भए किन बुद्ध जयन्ती संसारका सबै देशका ८ अरब मानिसले मनाएन?
यदि हामीले मनाएको चाड भुमेपुजा, तिज, तिहार, छठ, ल्हाेसारहरू, यमरि, माघि, उधाैंलि उभाैंलि, फागु पुर्णिमा विश्वव्यापि सत्य भएकाे भए संसारका सबै देशका ८ अरब मानिसले यी सबै चाडबाड सँगै एकैचोटी मान्ने थिए ।
त्यसैले विभिन्न कारणवश चाडबाडमा घर जान नपाउँदा नरमाइलो नबनाैं । चाडबाडमा घर परिवार भेट्न पायाे र घुम्न पायाे भनेर बढि फुरफुर पनि नहाैं । बढि फुरफुर गर्दा मच्चियाे मच्चियाे थच्चियाे हुन्छ भन्थे बुढापाकाले ।
नाेट: २०२१ काे रिपोर्ट अनुसार विश्वकाे जनसंख्या ७ अरब ८८ कराेड छ ।