कार्तिक ६, २०८०
पूर्ण बहादुर राना
दशैंकाे छेकाे पारेर पाल्पाको रानी महल घुमेर फर्कने क्रममा बैकुण्ठे पहाडबाट बराङ्गदी खोलामा जिप दुर्घटना आइतबार एकै परिवारका ६ जनाले ज्यान गुमाएका छन् । उनीहरू पूर्वी नवलपरासीको देवचुली नगरपालिका रजहरका बासिन्दा हुन् ।
दुर्घटनामा ज्यान गुमाउनेहरू श्रीमान, श्रीमती, सम्धिनी, बुहारी र दुई नाती रहेका छन् । देवचुली नगरपालिका १६ रजहर निवासी मृतक ६५ वर्षका कृष्णबहादुर लोहनी, पार्वती लोहनी श्रीमान, श्रीमती हुन् ।
बुहारी र दुई नातीहरूको दुर्घटनामा मृत्यु भएको हाे । दुई नाति ईसव लोहनी र सबिस लोहनी, सबिना धिताल बुहारी हुन् र चुनु धिताल सबिनाकी आमा हुन् । घाइते चालक कृष्णबहादुरका छोरा हुन् ।ईश्वर आफैंले जिप चलाएका थिए । चालकको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सन्तोष चन्दले जानकारी दिएका छन् ।
उनीहरू घुम् शनिबार घरबाट हिँडेका हुन् । बेलुकी शनिबार भैरहवा बास बसे । र आइतबार पाल्पा हुँदै पोखरा पुग्ने याेजना मुताबिक हिंडेका थिए । आईतवार पोखरा बास बसेर सोमबार घर फर्कने कार्यक्रम रहेकाे छिमेकीहरूले बताएका छन् । अहिले एकै परिवारका ६ सदस्यको मृत्यु भएकोले पुरै रजहर गाउँ शोकमा डुबेको छ ।