पूर्ण बहादुर राना
१८ अक्टोबर २०२३
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बुधवार विश्वासकाे मत प्राप्त गरेका छन् । केन्द्रमा हाल कायम माओवादी केन्द्रसहितको गठबन्धन दलहरू र विपक्षी नेकपा एमालेको समर्थनमा दुईतिहाई भन्दा बढि मत प्राप्त गरेका छन् । विपक्षी नेकपा एमालेको समर्थनमा नियुक्त भएका कार्कीले विश्वासको मत पाएका हुन् ।
प्रदेश सभाकाे बैठक बुधवार दिउँसो बसेको थियाे । प्रदेशसभा वैठकमा राखेको विश्वासको मत सम्बन्धी प्रस्तावमा एमालेसहित केन्द्रीय सत्ता गठबन्धन दलका सबै सांसदहरूले कार्कीलाई विश्वासको मत दिएका हुन् ।
प्रदेशसभाका उपसभामुख सृजना दनुवारले मुख्यमन्त्री कार्कीले ८६ मत पाएको घोषणा गरिन्। र उनको विपक्षमा पाँच जनाले मतदान गरेकाे घाेषणा गरेका थिए।
प्रदेश सभामा कुल ९३ सदस्य रहेकाे छ । प्रदेशसभामा मुख्यमन्त्री कार्कीले दुई तिहाइ भन्दा धेरै मत पाएका थिए। विश्वासकाे मतकाे लागि मतदान हुँदा बैठकमा ९१ जना सांसद उपस्थित रहेकाे थियाे ।
मुख्यमन्त्री कार्की सत्ता गठबन्धनको निर्णय विपरीत गएको शनिवार नेपाली कांग्रेसका ८ जना सांसदसहित एमालेका ३९ जना सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए। राप्रपाले भने विपक्षमा मतदान गरेको थियाे ।