आज महानवमी, शक्तिपीठहरुमा लाखौ वली चढाइयो ।

Read Time:2 Minute, 33 Second

 
    काठमाडौँ ३० असोज ।
 बडादसैँको महानवमीको नवौँ दिनको अवसरमा आज मुलुकभर विभिन्न शक्तिपीठमा पञ्चबलि दिई महानवमी पर्व मनाइयो । शक्तिस्वरूपी दुर्गा भवानीको पूजा आराधाना गरी बोका, हाँस, कुखुरा, भेँडा र राँगाको पञ्चबलि दिई महानवमी पर्व मनाइएको हो । घटस्थापनाका दिन राखिएका जमरा चढाउने र पञ्चबलिको भोग दिएपछि देवी साह्रै खुसी भई आर्शिवाद दिने प्रचलनका रूपमा महानवमीलाई लिने गरिन्छ ।
 नवौँ दिनका अवसरमा मुलुकभरका सयौँ शक्ति पिठमा लाखौँ जनावर तथा पक्षीको बलि दिई महानवमी पर्व मनाउने चलन चल्दै आएको छ । नवमीको दिनलाई विशेष महत्वका रूपमा लिने गरिन्छ । पुराणका अनुसार महानवमीका दिन चामुण्डादेवीले रक्तवीज असुरको संहार गरेको खुसियालीमा पञ्चबलि दिने चलन चल्दै आएको हो । आजै कोत, हनुमान ढोका, दरवार, नेपाली सेनाको व्यारेक तथा गुल्महरूमा हर्ष बढाइँका साथै कोत पूजा र निशाना पूजा पनि गरियो ।

 आजै राती प्रायः हिन्दुहरूले आ–आफ्ना घर–घरमा कालरात्रीको पूजा गर्ने चलन छ । कालरात्रीमा कालो बोकाको बली दिने चलन छ । कसै कसैले भने कालो भाले, कालो हाँस ।    कालरात्रीको पूजा कूलायनको कोठामा प्रतिस्थापन गरिएको शक्तिस्वरूपा भगवतीलाई बलिदिए पछि सकिन्छ । कसै कसैले कालरात्री पूजा मध्य रातमा पनि गर्ने गर्छन् ।  शाकाहारी हिन्दुहरूले भने कुभिन्डो, घिरौँलाको बलिदिने र नरिवल तथा पायस चढाउने प्रचलन नवमीमा छ । आजकै दिन विभिन्न शक्तिपीठ र दसैँ घरमा भगवतीको पूजापाठ, चण्डी र भगवतीको स्तोत्रापाठसमेत गरिएको थियो । आजै हनुमान ढोकाको दसैँ घर र गोरखास्थित मन्दिरमा रहेको दसैँ घरमा समेत बिहान दुर्गा भगवतीको प्रतिमालाई विधिवत् दियो, कलश र बाजागाजासहित पूजा कोठामा स्थानान्तरण गरी पूजा गरिएको थियो ।

रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %