पहिचानवादीहरूले महेश बस्नेतको कार्यक्रममा ढुंगामुढा गरि दर्जनाैं सवारीसाधनमाथि तोडफोड

Read Time:3 Minute, 7 Second


असाेज २०, २०८०
पूर्ण बहादुर राना

पहिचानका लागि आन्दोलन गरिरहेका आन्दोलनकारिहरूले झापा जिल्लामामा एक दर्जनभन्दा बढी गाडीमा तोडफोड गरेका छन्। गाडि ताेडफाेड राष्ट्रिय युवा संघ अर्जुनधारा नगर कमिटीको प्रथम नगर अधिवेश गरेका थिए । राष्ट्रिय युवा संघ अर्जुनधारा नगर कमिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्न महेश बस्नेत बिहीबार झापा आएका थिए । बस्नेत नेकपा एमालेका पोलिटब्युरो सदस्य हुन्। पहिचानवादीहरू कार्यक्रम स्थल पुगेर एमाले नेता तथा कार्यकर्ता चढ्ने सवारीसाधनमाथि तोडफोड गरेका हुन् ।

महेश बस्नेतले बाक्लो सुरक्षा घेरामा भाषण गरेका थिए । पूर्व मन्त्रीसमेत रहेका युवा नेता बस्नेत भाषण गरिरहेका बेला पहिचानवादी र दुर्गा प्रसाईँ समर्थकहरू सडकमा छरिएर रहेका थिए । पहिचानवादीहरूले सडक किनारमा पार्किङ गरी राखिएका एक दर्जन भन्दा बढी सवारीसाधनहरूमा ढुंगामुढा गरी सिसाहरू फुटाई दिएका छन् । कार्यक्रमलाई जति बाक्लाे सुरक्षा घेरामा गरेपनि सवारीसाधनहरू ताेडफाेढ षरिदिएकाे छ ।
पहिचानवादी र दुर्गा प्रसाईँ समर्थकहरू सडकमा नाराबाजी गर्दै ढुंगामुढा गरेका थिए। युवा नेता बस्नेत सहभागी कार्यक्रम बिथोल्न पुगेका युवा संघका कार्यकर्ता र पहिचानवादी, दुर्गा प्रसाईँ समर्थकबीच हुनसक्ने झडपलाई मध्यनजर गरी ठूलो सङ्ख्यामा सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको थियो।
युवा नेता बस्नेत प्रहरीकै घेराबन्दीमा कार्यक्रम स्थल जाँदा पहिचानवादी र प्रसाँईका समर्थकहरूले कालोझण्डा देखाउँदै चर्को नाराबाजीसमेत गरेका थिए। दुर्गा प्रसाँईलाई राजधानीको एक होटेलमा कालाे मोसो दलेपछि प्रसाईँ पक्षधरहरूले बस्नेतलाई टार्गेट बनाएका थिए ।

दुर्गा प्रसाईँले आफूमाथि भएको दुर्व्यवहारको बदला लिने खुलेआम चेतावनीसमेत दिएका थिए। प्रसाँईले आफुलाई माेसाे दल्ने काम महेश बस्नेतले गरेकाे बताईरहेका छन् । पहिचानवादीहरू र प्रसाईँको समर्थकहरू दुबै मिलि बस्नेतलाई निशाना बनाएर कार्यक्रम स्थल पुगेका थिए । र उनिहरूले त्यहि मेसाेमा कालाे झण्डा देखाउने र सवारीसाधन ताेडफाेड गरेका थिए ।

1 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
100 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %