राज्यसत्ता संवाददाता
असोज १६, २०८० – धर्मगुरु आचार्य श्रीनिवासले विवादास्पद अभिव्यक्ति दिएकाले पक्राउ परेका छन् । उनकाे विवादास्पद अभिव्यक्ति दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भईरहेकाे छ । भिडियो भाईरल पछि प्रहरीले मंगलबार सुनसरीको चक्रघट्टीबाट उनलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीले श्रीनिवासलाई नियन्त्रणमा लिएको बताए । श्री निवासले एक खुल्ला कार्यक्रममा भनेका थिए, “जसले हाम्रो गाईलाइ काट्छ तपाईं गला काटिदिनुहाेस् हामी जिम्मा लिन्छाैं ।”
श्री निवास यसअघि २०७६ सालमा पनि पक्राउ परेका थिए । २०७६ सालमा श्री निवासले आफैंलाई गोली हान्न लगाएको आरोपमा पक्राउ परेका थिए ।