पूर्ण बहादुर राना
नेपालमा
केहि हुन्न
हुँदै हुँदैन
जे गरेनि हुँदैन
बरू
भ्रष्टले जे गर्ननि
छुट छ ।
कसैकाे विश्वास छैन
सुरक्षा छैन
जिम्मेवार छैन
राेजगार छैन
अवसर छैन
भन्ने भाष्य खडा भएको छ ।
त्यहि भाष्यले
नेपालीलाई भषाएकाे छ
फसाएकाे छ ।
यहाँ
नत नेताकाे विश्वास छ
नत कार्यकर्ताकाे
नत शासकको
नत शासितकाे
नत सरकारकाे
नत जनताकाे
नत डाक्टरकाे
नत बिरामिकाे
नत शिक्षककाे
नत विद्यार्थीकाे
नत ईन्जिनियरकाे
नत पाईलटकाे
नत व्यापारीकाे
नत ग्राहककाे
नत न्यायलयकाे
नत पुलिसकाे
नत निजामतिकाे
नत हाकिमकाे
नत पियनकाे
नत सेवाप्रदायककाे
नत सेवाग्राहीकाे ।
न्यायाधीशले
अपराधीलाई न्याय दिन्छन्
संविधान दिवस र
गणतन्त्रले
हत्यारालाई
जेल मिनाहा गर्छन्
अख्तियारिहरू
भ्रष्टसँगै मिल्छन् ।
डाक्टरले
दाहिने सट्टा
देव्रेकाे अप्रेशन गर्छन
पेटमा कैंचि छाड्छन्
विरामीले विश्वास छाड्छन् ।
डाक्टरले राम्रो गरेनि
विरामि कालले मरेनि
कैंचि छाडेकाे
दाहिनेकाे सट्टा देव्रेकाे अपरेशन गरेकाे
सम्झेर डाक्टरलाई दाेष दिन्छन्
डाक्टरलाई हातपात गर्छन् ।
कति शिक्षकले पढाउनु सट्टा
राजनीति गर्छन् ।
विद्यार्थीले शिक्षकलाई
माेसाे लाउँछन्
हातपात गर्छन् ।
पत्रकारले
आवाज बिहिनकाे सट्टा
आवाज हुनेकाे आवाज बाेल्छन्
पत्रकारले
निउज हैन
भिउज दिन्छन्
समाचार हाेईन
बिचार दिन्छन् ।
बैंकले निमछराेलाई
हात हैन
चर्काे ब्याजकाे लात दिन्छ
घरखेत लिलाम गर्छन्
आत्महत्या गराउँछन् ।
नेताकाे खराबिले गर्दा
यहाँ कसैकाे विश्वास छैन ।
यहाँ
जागिर गर्याे
व्यापार गर्याे
व्यावसाय गर्याे
केहि हुँदैन ।
त्यसैले
कमाउन विदेश गाछन्
पढ्न गाछन्
घुम्न गाछन्
व्यापार गर्न गाछन्
व्यावसाय गर्न गाछन् ।
नेपालमा
शिक्षक
सडकमा उत्तानाे पर्याछन्
किसान
मल नपाएर छटपटाछन्
युवा विदेश गाछन्
नेपाल हेर्याे भद्रगाेल
भद्रगोल भित्र
भ्रष्टाचारीले हानेकाे छ गाेल काे गाेल ।
नेता हाछ्युँई गर्दा
विदेश गाछन्
सरकारले बिल तिर्याछ
विदेश सयर गर्याछ ।
कतिन्जेल थेग्ला र खाेई?
अमेरिका, अष्ट्रेलिया र जापानले
कतिन्जेल पाल्ला र खाेई?
काेरिया युके र हङकङले ।
कतिन्जेल जागिर देला खाेई?
मलेसिया साउदि र कतारले ।
अब त
आफूनै विश्वासिलो बनाैं
आफु आफुनै
अर्थात नेपाली नेपालीनै
ईमानदार र जिम्मेवार बनाैं
निस्वार्थी र सदाचार बनाैं
जवाफदेही र उत्तरदायी बनाैं ।
अब त विश्वास गराैं
जे हुन्छ नेपालमै हुन्छ
जे गर्छाैं देशमै गर्छाैं
जे साेंच्छाैं
नेपालमै साेंच्छाैं ।
हामी विदेशीकाे
संचालित हाेईन
स्वचालित बन्छाैं
हामी एक पुस्ता दु:ख पाउँछाैं
तर देश उठाउँछाैं
देशकै लागि जन्मन्छाैं
देशकै लागि मर्छाैं ।