जुठे, चुल्ठे, पुठे, ठुटे र भुँईफुट्टेहरूकाे राजनीति

Read Time:8 Minute, 18 Second

पूर्ण बहादुर राना

राजनीति देश संचालनकाे प्रमुख नीति हाे । राजनीति भित्र धार्मिक नीति, भाषिक नीति, आर्थिक नीति, लैङ्गिक नीति, जातीय नीति, क्षेत्रीय नीति, सामाजिक नीति सबै नीति पर्दछ । सबै नीतिकाे स्राेत नै राजनीति हाे र राजनीतिकाे स्राेत सबै नीति हाे ।

राजनीति प्रणाली सुध्रिए देश जापान बन्छ । देश अमेरिका बन्छ । देश क्यानडा, काेरिया, अष्ट्रेलिया, चाईना बन्छ । स्विटजरल्याण्ड बेलायत बन्छ ।

राजनीति बिग्रिए देश रूवाण्डा बन्छ, युक्रेन बन्छ, सिरिया बन्छ । श्रीलंका बन्छ र नेपाल बन्छ । नेपालमा राजनीति बिगार्नेहरूमा तपसिलकाे चिन्तन र व्यक्तिहरूकाे पनि धेरथाेर जिम्मेवार छ । खराब नेता र पार्टीलाई साथ दिने यिनै हुन् ।

१) जुठे
अरूकाे जुठाेपुराे खाने व्यक्तिले देश बिगारेको छ । काेहि जुठेले कुनै न कुनै नेताकाे आडबलमा वा साेर्सफाेर्समा वा भनसुनमा ठेक्कापट्टा खाएकाे छ । साेर्सफाेर्समाअस्थायी जागिरमा घुसेकाे छ । भनसुनमा सरूवाबढुवा भाकाे छ । गैर्ह कानुनी तरिकाले मुद्दामामिला जितेकाे छ । जुठेहरूले गिटिबालुवाकाे ठेक्का, खानि पानी र काठदाउराकाे ठेक्का र सडक पुल, कुलेसाकाे ठेक्का पाउँछन् । यस्ता जुठेहरू आफ्नो पार्टी र नेताले जति गल्ति गरेनि आँखा चिम्लेर सपाेर्ट गर्छन् । प्रचारप्रसार गर्छन् । समितिमा बस्छन् र भाेट हाल्छन् । यि जुठेहरूले आफ्नो पार्टी र नेताले गलत गरेकाे थाहा पाउँछन् तर व्यक्तिगत स्वार्थकाे लागि आँखा चिम्लिन्छन्

२) चुल्ठे
लट्टाझट्टा पालेका । चुल्ठे मुन्द्रे भएर हिंडेका चुल्ठेहरूले पनि बैमानी नेताकाे आडभराेसामा दादागिरी, हुलहुज्जत, हावागिरी, थर्काउने, धम्काउने र घुर्क्याउने गर्छन् । र खराब पार्टीका खराब नेतालाई चुनाव जिताउँछन् । यि चुल्ठे मुन्द्रेहरूले आफ्नो पार्टी र नेताले गलत काम गरेनि वा खराब काम गरेनि वास्ता हुँदैन् । यिनलाई बियर मासु र सेकुवा कचेला अनि १० /२० हजार पैसा पाए हुन्छ । यिनलाई गाँजा, भाङ ड्रग्स आदि खान पाए हुन्छ । बरू जेलमा पर्दा निकालि दिनुपर्छ । कानुनलाई हातमा लिन सक्ने पहुँचवाला नेताकाे पछि लाग्छन् । भविष्यमा केके हुन्छ केके भनेर । चुनाव यिनलाई भ्रमण हाे । जुन गाउँ पुगेपनि गाँजाकै चिन्तन हुन्छ यिनलाई । भाेटर र भाेट खाेज्ने हाेईन गाँजा खाेज्ने काम गरेछन् । रातीलाई मासु र रक्सिकाे जाेहाे गर्छन् ।

र बाईकमा तेल हालेर हरन बजाई बजाई र्यालि गर्न पाए हुन्छ । यिनलाई तिमि जस्ताे काेहि छैन निडर, बलियाे र केटाहरू जम्मा गर्नलाई भनेर फुर्काई दिए पुग्छ । यिनिहरूसँग सामान्य पिस्तोल पनि छ भन्छन् ।

चुनाव अघि हामी खाने हाे चुनाव जितेपछि नेताले खाने हाे भन्छन् ।

३) पुठे

यि पुठेवाला राजनीति गर्नेहरूले केटाले केटि पट्याउनु र केटीले केटा पट्याउनुमा ध्यान केन्दृत हुन्छ । यिनिहरू शारीरिक सम्पर्क गर्नेमा बढि ध्यान दिन्छन् । यि पुठेहरूले राजनीतिलाई याैनसँग तुलना गर्छन् । पुठेहरूलाई कुनै ठेक्कापट्टा , सरूवाबढुवा, बियर र मासु ध्यान हुँदैन । यिनलाई याैन क्रियाकलापमा बढि ध्यानदृष्टि दिन्छन् ।

४) ठुटे र मुते

यि ठुटे नेता घरगाउँ, टाेलटाेल अनि चियापसल र भट्टिपसलमा भेटिन्छन् । यिनिहरूलाई चुनावकाे बेलामा लाम्टि भुनि(मर्न लागेकाे सुँगुरनि), लिखे बुढि भैंसि, सिंगानि बुढि बाख्रि र सिंगान बगाएर क्वारररर क्वाररररर कराउने ब्राेईलरकाे मासु दिए हुन्छ । यि ठुटे नेताहरूलाई ५०० काे बियर पनि चाँहिदैन । खाेया बिर्के रक्सि भए पुग्छ । यत्तिकै भरमा यिनले भाेट हाल्छन् ।

यि ठुटे नेताहरूका बाउबाजे बाजे काङ्ग्रेस, एमाले भएकोले यिनिहरू पनि अन्धाधुन्ध काङ्ग्रेस, एमाले बन्छन् । मानाैं कि यिनकाे बाउबाजे काङ्ग्रेस भएकोले ति काङ्ग्रेस र एमाले पार्टी उसैकाे घरमा जन्मेकाे हाे वा बनेकाे हाे भनि ठान्छन् । अझ कतिपय ठुटे र मुतेहरू त ससुराली काङ्ग्रेस भए काङ्ग्रेस बन्छ र एमाले माओवादी भए एमाले माओवादी बन्छन् । काङ्ग्रेस ठुटेसँग काङ्ग्रेसकाे बारेमा बहस गर्याे भने, एमाले ठुटेसँग एमाले पार्टीको बहस र माओवादी ठुटेसँग माओवादीकाे बहस गर्दा हारेकाे अनुभव भए लडाँईझगडा गर्न निस्कन्छन् । यिनिहरू हातले पाए हातले लठ्ठीले पाए लठ्ठीले हान्छन् । यिनीहरूनै हाे एकआपसमा कुटाकुट र टाउकाे फुटाफुट गर्ने । आफ्नाे पार्टीले ठिक मात्रै गर्छ बेठिक गर्दै गर्दैन भन्ने विश्वास हुन्छ । यिनिहरूले मासु नपाए नुनकाे ढिकासँग पनि जाँडरक्सी खान्छन् । त्याे पनि नभए त्यत्तिकै खान्छन् । रक्सि मातेर पाईन्टमै मुत्छन् ।

पार्टीलाई अाैधि माया यि ठुटे नेताहरूले नै गर्छन् । यि आफ्ना मामा, काका, मास्टर दाई, मास्टारनी दिदी, सुबेदार र पसले बाजेले भनेकाे मान्छन् । काैरा, नचरिकाे गुरूले भनेकाे मान्छन् ।

५) भुँईफुट्टे

राजनीतिमा सबै भन्दा खतरनाक समुह हाे । सबै जानेकाे स्वाङ पार्छ । ठुटेहरूलाई कजाउँछ । देशविदेशकाे र अन्य विराेधि पार्टीको कुरा काट्छन् । आफ्नो पार्टीले ठिक गरेनि ठिक भन्छन् र बेठिक गरेनि ठिक भन्छन् । यिनिहरूलाई पाएसम्म बियर र मासु चाहिन्छ । नपाए भुँईफुट्टे जाँड, रक्सि पनि खान्छन्
। यिनलाई सेकुवा, तन्दुरि चाँहिदैन चाउचाउ र।दालमाेठसँग रक्सि वुजाँड खान पनि तयार हुन्छ । घरगाउँमा अन्य पार्टीलाई खिसिटिउरि गरि हिंड्छन् ।

अन्तमा
अबकाे राजनीति सत्यनिष्ठ, जिम्मेवार र ईमानदार भएर गराैं । दुधकाे दुध पानीको पानी राजनीति गराैं । जुनसुकै पार्टीको हाेस गल्तीलाई गल्ती नै भनाैं । सहिलाई सहि नै भनाैं ।

4 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %