नेम्वाङको राजकीय सम्मानसहित पशुपति आर्यघाटमा अन्त्येष्टि

Read Time:1 Minute, 21 Second

पूर्ण बहादुर राना
भदाै २८, २०८०

काठमाडौं । संविधानसभा अध्यक्ष, पुर्वसभामुख एवं एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर आर्यघाट अन्त्येष्टि गरिएको छ ।

नेम्वाङको पार्थिव शरिर लिम्बू संस्कारअनुसार अन्त्येष्टि गरिएको छ । उनको पार्थिव शरीरमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय झण्डा तथा एमाले अध्यक्ष ओलीले पार्टीको झण्डा ओढाएर सम्मानसहित अन्तिम बिदाई गरेका थिए ।

नेम्वाङलाई दाहसंस्कार गर्नुअघि सैनिक तथा प्रहरीको टुकडीले राजकीय सम्मान दिइएको थियो । नेम्वाङको अन्तिम संस्कारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, मन्त्रीहरू, एमाले अध्यक्ष केपी ओली, दलका शिर्ष नेता तथा कार्यकर्ता, आफन्त र शुभेच्छुकको बाक्लो उपस्थिति छ ।

नेम्वाङको मंगलबार बिहान हृदयघातबाट निधन भएको थियो । उनको सम्मानमा सरकारले आज सार्वजनिक बिदा दिइएको छ ।

1 0
Happy
Happy
0 %
Sad
Sad
100 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %