दाङ (तुलसीपुर) ३० असोज
जिल्लाको विकट गाउँ विकास समिति हाँसीपुरको देवीकोटमा पहिलोपटक गाडी पुगेको छ । पच्चीस लाख रुपैयाँको लागतमा–९ मौरीघाटदेखि हाँसीपुरको देवीकोटसम्मको सात किलोमिटर बाटो निर्माण सम्पन्न भएपछि उक्त गाउँमा गाडी पुगेको छ ।
एउटा जिप र दुईवटा ट्याक्टर लिएर हिजो साँझ देवीकोट पुगेका तीनजना चाकलाई गाउँलेले स्वागत, सत्कार गर्नुका साथै गाडीको पूजा पनि गरेका थिए ।
रासस