पुर्व सभामुख सुवासचन्द्र नेम्बाङकाे निधन

Read Time:1 Minute, 24 Second

पूर्ण बहादुर राना

२६ भदाै २०८०

संविधानसभाका अध्यक्ष एवं पुर्व सभामुख सुवाससचन्द्र नेम्बाङकाे हृदयाघातबाट निधन भएको छ । गएराति नेम्बाङ सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहेका थिए । नेम्वाङलाई हृदयाघात भएपछि उपचारका लागि राति १:३० बजे त्रिवि शिक्षण अस्पताल लगिएकाे थियाे । शिक्षण अस्पतालमा उपचारको क्रममा नेम्बाङकाे त्यहीँ निधन भएको थियाे ।

नेम्बाङकाे निधन बारे जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल, पार्टी अध्यक्ष केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनालगायत पार्टी नेता अस्पताल पुगेका थिए । नेम्बाङ विसं २००९ फागुन २८ गते ईलाममा जन्मिएका थिए । नेम्वाङ नेपाली राजनीतिमा शालीन, भद्र र सबैलाई मिलाएर जान सक्ने नेताको रुपमा उनले आफ्नो छवी बनाएका थिए । नेम्बाङ नेकपा एमाले पार्टीको केन्द्रीय उपाध्यक्ष थिए ।

1 0
Happy
Happy
0 %
Sad
Sad
100 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %