बंशजको नागरिक्ता निरन्तरता बारे आउने बैठकमा कुरा राख्छु – मन्त्री गुरूङ

Read Time:2 Minute, 14 Second


राज्यसत्ता ,
काठमाण्डौ भदौ ३ – भूूतपूर्व ब्रिटिस गोर्खाज सैनिकको बंशजको नागरिक्ता निरन्तरताको लागी सि.एन.सी.बि.जि र भूतपूर्व सैनिक कल्याणकारी समिति , नेपालको संयुक्तमा माननीय कानून , न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङलाई ज्ञापनपत्र बुझाएको छ ।


यो पटक नेपाली नागरिक्ता नियमावली बनिसकेको र यसबारे आफु अनभिज्ञ रहेको र आउने बैठकमा यो बारेमा कुरा राख्ने मन्त्री गुरूङले प्रतिनिधिमण्डल लाई आश्वासन दिए । समितिले एक महिना भित्रमा प्रधान मन्त्री , गृह मन्त्रीलाई आफ्नो माग राख्दै ज्ञापनपत्र बुझाएको थियो । प्रति उत्ररमा भूतपूर्व ब्रिटिस गोर्खाज सैनिक र उनका सन्ततिह?लाई बंशजको आधारमा नागरिक्ता दिने मिठो आश्वासन दिएका थिए ।


नेपाल सरकारमा रहेका प्रधान मन्त्री , मन्त्रीह?ले आफ्नै देशको नागरिक गोरखाहरू प्रति द्धैध चरित्र देखाएको प्रतिनिधि मण्डलका एक सदस्य मध्येका गंगा थापाले आरोप लगाए । छिनभरिमै छिमेकि भारतीयहरूलाई बिनासर्त लाखौको संख्यामा नेपाली नागरिक्ता बितरण गर्न सक्न सरकारेले आफ्नो देशको नागरिकह?लाई बेवास्ता गर्ने दलिद्र ब्याबहार गरेको आराेप लगाए ।
प्रतिनिधि मण्डलमा भूतपूर्व सैनिक कल्याणकारी समिति , नेपालको उपाध्क्ष हुम बहादुर थापा , सचिब अधिबक्ता चेत आले, कोषाध्यक्ष के.बि.राना , सदस्यद्धय गंगा थापा, चित्र थापा र सल्लाहाकारद्धय के.बि. गुरूङ र श्री गुरूङ हुनुहुन्थ्यो ।

5 0
Happy
Happy
67 %
Sad
Sad
0 %
Excited
Excited
33 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %