नेपालको ऋण २२ खर्ब १८ अर्ब पुग्याे

राज्यसत्ता संवाददाता

भदाै ३, २०८०

नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन अनुसार नेपालको ऋण २२ खर्ब १८ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ ।

नेपाल सरकारले २०८० असार मसान्तमा कुल तिर्न बाँकी रहेकाे ऋणमध्ये बाह्य ऋण १० खर्ब ९३ अर्ब ३५ करोड रहेको छ। यसैगरी नेपालकाे आन्तरिक ऋण ११ खर्ब २५ अर्ब १९ करोड रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

याे तथ्यां‌क अनुसार प्रति नेपाली ऋणको भार ७४ हजार १०८ रुपैयाँ पुगेको छ।