यस वर्षको ‘प्रवासी प्रभात पुरस्कार २०६७’ साहित्यकार तथा गायक गणेश रसिकले प्राप्त गरेका छन् । प्रवासी नेपाली साहित्य समाज बेलायतद्वारा साउन २२ गते काठमाडौंमा आयोजित कार्यक्रममा मुलुकको साहित्य र सङ्गीतको क्षेत्रमा रसिकले लामोसमयदेखि कि्रयाशील रहेर अन्तर्राष्ट्रिय क्षेत्रमा राष्ट्रको गौरव बढाएको पुरस्कृति गरिएको समाजका अध्यक्ष सुरेन्द्र इङ्नामले बताए । पुरस्कार राशी रु १५ हजार र ताम्रपत्र रहेको छ । डिबी बम्जनलाई ‘प्रवासी सम्मान २०६७’ प्रदान गरिएको छ ।
कार्यक्रममा गैर-आवासीय नेपाली सङ्घका अध्यक्ष देवमान हिराचनले मुलुकको सर्वाङ्गीण विकासका लागि सम्पूर्ण नेपालीको एकतामा जोड दिँदै मुलुकबाहिर बसेका नेपालीलाई नेपालमा लगानी गर्ने वातावरण सरकारले मिलाउनुपर्ने उल्लेख गरे ।