-पूर्ण बहादुर राना
कालाे ठूलाे कि
गाेराे ठूलाे?
दिन ठूलाे कि
रात ठूलाे
जाडाे ठूलाे
गर्मि ठूलाे
बर्षा ठूलाे कि
खडेरि ठूलाे
जुन ठूलाे कि तारा ठूलाे?
वा सुर्य ठूलाे?
जन्म ठूलाे कि
मृत्यु ठूलाे?
खस आर्य ठूलाे कि
आदिवासी ठूलाे?
मधेसी ठूलाे कि
मुस्लिम ठूलाे?
मुस्लिम ठूलाे कि
दलित ठूलाे?
पुरूष ठूलाे कि
महिला ठूलाे?
विवाहित महिला ठूलाे कि
अविवाहित महिला ठूलाे?
एकल महिला ठूलाे कि
कुन महिला ठूलाे?
धनि महिला पुरूष ठूलाे कि
गरिब महिला पुरूष ठूलाे?
घाँस काट्ने ठूलाे कि
गाेबर फाल्ने ठूलाे?
किसान ठूलाे कि
डकर्मि र सिकर्मि ठूलाे?
वा ड्राईभर ठूलाे?
हजाम ठूलाे कि
अफिसकाे पियन ठूलाे?
पियन ठूलाेकि
शिक्षक ठूलाे?
शिक्षक ठूलाे कि
निजामतीकाे अधिकृत ठूलाे
वा
सचिव ठूलाे?
सचिव ठूलाे कि
वकिल ठूलाे वा
ईन्जिनियर ठूलाे?
पाईलट ठूलाे कि
डाक्टर ठूलाे?
नेता ठूलाे कि
कार्यकर्ता ठूलाे?
कार्यकर्ता ठूलाे कि
मतदाता ठूलाे?
टाउकाे ठूलाे कि ज्यान?
वा खुट्टा ठूलाे कि
हात ठूलाे?
आँखा ठूलाे कि
मुख र कान?
खालि खुट्टाले हिंड्ने ठूलाे कि
जुत्ता चप्पल लाउने ठूलाे?
साईकलमा चढ्ने ठूलाे कि
बाईक कारमा चढ्ने ठूलाे?
कारमा चढ्ने ठूलाे कि
जहाजमा चार्टर्ड गरेर हिंड्ने ठूलाे?
भुट्या मकै र राेटि खाने ठूलाे कि
पिजा बर्गर खाने ठूलाे
ढिंडाे आँटाे खाने ठूलाे कि
धानकाे भात खाने ठूलाे?
साना हाेटलमा खाने ठूलाे कि
तारे हाेटलमा खाने ठूलाे?
सुँगुरकाे मासु ठूलाे कि
भैंसिकाे मासु ठूलाे?
कुखुराको मासु ठूलाे कि
खसिकाे मासु ठूलाे?
गाउँ बस्ने ठूलाे कि
शहरमा बस्ने ठूलाे?
काठमाडौं बस्ने ठूलाे कि
साउदि मलेसिया बस्ने ठूलाे?
गल्फ बस्ने ठूलाे कि
जापान काेरिया बस्ने ठूलाे?
अष्ट्रेलिया क्यानडा बस्ने ठूलाे कि
युके अमेरिका बस्ने ठूलाे?
हिन्दु धर्म ठूलाे कि
क्रिश्चियन धर्म ठूलाे?
क्रिश्चियन धर्म ठूलाे कि
मुस्लिम धर्म ठूलाे?
मुस्लिम ठूलाे कि
बुद्ध धर्म ठूलाे?
काङ्ग्रेस ठूलाे कि
एमालेले ठूलाे
एमाले ठूलाे कि माओवादी राप्रपा ठूलाे?
माओवादी राप्रपा ठूलाे कि
जनमुक्ति ठूलाे?
सुन ठूलाे कि हिरा ठूलाे
हिरा ठूलाे कि
फलाम ठूलाे?
पहाड ठूलाे कि
हिमाल ठूलाे वा
तराई ठूलाे?
जनवार ठूलाे कि
पंक्षि ठूलाे
पंक्षि ठूलाे
मानव ठूलाे?
कपडा पसल ठूलाे कि
किराना पसल ठूलाे वा
सुन पसल ठूलाे?
वा हार्डवयर ठूलाे वा
भट्टी पसल ठूलाे कि
तारे हाेटल ठूलाे?
सरकारि स्कुल ठूलाे कि
निजि स्कुल ठूलाे?
पत्रिका ठूलाे कि
रेडियो ठूलाे?
वा टिभि ठूलाे?
घाँस ठूलाे कि
मृग ठूलाे
बाघ ठूलाे कि
सिंह ठूलाे?
हात्ती ठूलो कि
ह्वेयल ठूलो?
सास ठूलो कि
पानी ठूलाे?
आकाश ठुलो कि
पृथ्वी ठूलाे?
कलम ठूलाे कि
डटपेन ठूलाे
छुरि ठूलो कि
तरवार ठूलाे?
बन्दुक ठूलाे कि
मिसाईल ठूलाे?
आयुर्वेद ठूलाे कि
हाेमियाेपेथि वा
यलाेपेथि ठूलाे?
काे ठूलाे
के ठूलाे
काे सानाे
के सानाे
मैले त बुझ्नै सकिन
भन्नै सकिन ।
मत सबैकाे अस्तित्व एउटै देख्छु
समान देख्छु
सबैकाे र सबैलाई
सहअस्तित्वकाे खाँचाे देख्छु ।
कि म गलत भए?