
श्रावण १७, २०८०
राज्यसत्ता संवाददाता
मोरङ — कोशी प्रदेशमा उद्धव थापा मंगलबार पुनः मुख्यमन्त्रीमा नियुक्त भएका थिए । नवनियुक्त मुख्य मन्त्री थापाले शपथ लिएका छन् । बुधबार समारोहमा प्रदेश प्रमुखको कार्यालयमा समाराेह आयाेजित गरेकाे थियाे । साे आयोजित समारोहमा थापाले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
थापाले शपथ लिएसँगै सानो मन्त्रिपरिषद् समेत बनाएका छन् । साे मन्त्रीपरिषदमा निर्वतमान सभामुख माओवादी केन्द्रका नेता बाबुराम गौतम आर्थिक मामिला तथा योजनामन्त्रीमा नियुक्त भएका छन् । उनीसहित ३ मन्त्रीले बुधबार नै मन्त्री पदको शपथ लिई सकेका छन् ।
आर्थिक मामिलामा गौतम, खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्रीमा कांग्रेसका प्रदीपकुमार सुनुवार र सडक पूर्वाधार तथा भौतिक विकासमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का कमलप्रसाद जबेगुले शपथ लिएका छन् ।
सभामुखबाट मंगलबार राजीनामा दिएका बाबुराम गौतमलाई मन्त्री बनाउने निर्णयमा पुगेका बेला प्रधानमन्त्री प्रचण्डका कान्छा ज्वाइँ जीवन आचार्यले अन्तिम समयमा मन्त्रीमा दाबी गरेका थिए । आचार्यकाे दाविपछि माओवादी दलभित्र विवाद बढेकाे थियाे । र कार्यविभाजनका लागि शपथ ग्रहण सारेको थियो ।
मुख्यमन्त्री थापालाई समर्थन जनाएको जनता समाजवादी पार्टीले प्रदेश पुनः नामकरणको माग सम्बोधन नभएसम्म सरकारमा सहभागी नहुने जनाएको छ ।