जापान आएको एक महिनामै नेपालीको मृत्यु

Read Time:1 Minute, 40 Second

६ अगस्त ११
जापानको टोयोटासिटीमा काम गरिरहेको अबस्थामा एक नेपालीको बुधवार मृत्यु भएको छ । एक महिनाअघि मात्र जापान आएर गैरकानुनीरुपमा काम गरिरहेका रोल्पा थवाङका प्रकाश रोका मगरको बुधबार मृत्यु भएको छ  घरेलु कामदारका रुपमा काम गर्न थालेका उनी घाँस काटिरहेको समयमा अत्याधिक गर्मीका कारण अचानक बेहोस भई लडेको एन आर एन जापान तोकाई होकुरिकुका संयोजक निमा लामाले जानकारी दिए  । उनलाई तत्कालै नजिकैको अस्पतालमा पुर्याइएको भएपनि अस्पतालले मृत घोषणा गरेको थियो ।
उनका अनुसार मृतक रोकाको काममा गएको दोस्रो दिनै अत्याधिक गर्मीले मृत्यु भएको हो । हाल उनको शव पोष्टमार्टमका लागि अस्पतालमा रखिएको छ । शव नेपाल पठाउन धेरै खर्च लाग्ने हुनाले दुतावास वा कसैको सहयोग पाए नेपाल नै पठाउन खोजिएको लामाले जानककारी दिए । रोकाको शव लाई नेपाल पठाउने वा जापानमै सनाखत गर्ने भन्ने वारेमा नेपाली दुतावासले नेपालमा रहेका परिवारसंग सम्पर्क गर्ने प्रयास गरिरहेको दुतावसले जनाएको छ । रोकाका एक छोरा, एक छोरी र श्रीमति दाङमा रहेका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %