६ अगस्त २०११
मगर सेवा समिति टोकाई जापानको कोषाध्यक्ष, सल्लाहकार र उपाध्यक्ष समेत रहिसकेका ज्ञान पुन मगरले मगर सेवा समिति टोकाई जापानको १३औ साधारण भेलामा अध्यक्ष पदमा दावी गरेका छन् । मगर सेवा समिति टोकाई जापानले आफ्ना सदस्यहरुलाई भइपरी आउने समस्या समाधान, भाषा संस्कृति र रीतिरिवाजको संरक्षण लगायतका विभिन्न कामहरु गर्दै आइरहेकोछ । उनले सेवा समितिलाई सशक्त ढंगले अगाडी बढाउन सक्षम र अनुभबी नेतृत्वको आबश्यकता रहेकोले आफुले उम्मेदवारी दिएको बताए ।
श्याम राना मगर