दाेश्राे अधिवेशनले पुन: लिल बहादुर अध्यक्षमा निर्वाचित

Read Time:2 Minute, 3 Second

राज्यसत्ता संवाददाता

२०८० असार २

नेपाल मगर भुतपुर्व सैनिक तथा प्रहरी संघ जिल्ला परिषद काठमाडौंकाे दाेश्राे अधिवेशन दिल बहादुर थापा मगरकाे अध्यक्षतामा नाग अरहन्त बुद्ध बिहार सुर्यपाखा धापासि मार्ग काठमाडौंमा सम्पन्न भएकाे छ । प्रमुख अतिथिमा नेपाल मगर भुतपुर्व सैनिक प्रहरी संघ बागमती प्रदेश सहसचिव गाेविन्द राना मगरकाे उपस्थित रहेकाे थियाे । प्रमुख अतिथि गाेविन्द रानाले वर्तमान नेपाल मगर संघकाे नेतृत्व पार्टीको झाेला बाेक्ने झाेलेकाे जमात रहेकाे बताए । मगर संघका नेताहरू जाति हितकाे सट्उटा पार्टी हितमा लागेकाे बताए । रानाले नेपाल मगर संघले भुतपुर्व सैनिक तथा प्रहरी संघलाई बेवास्ता गरेकाे बताए । वास्तवमा नेपाल मगर संघकाे जन्म भाषा, धर्म सँस्कार, सँस्कृतिकाे संरक्षण गर्ने रहेकाे बताए ।

दाेश्राे अधिवेशनले लिल बहादुर थापा मगरको अध्यक्षतामा सात सदस्यीय समिति गठन गरेको छ । समितिमा देहायका पदाधिकारी तथा सदस्यहरू रहेका छन् ।
१. अध्यक्ष: लिल बहादुर थापा मगर
२. उपाध्यक्ष: गणेश बहादुर थापा मगर
३. सचिव: तेज बहादुर राना मगर
४. सहसचिव: निर्मल पुलामि मगर
५. काेषाध्यक्ष: कमल बहादुर थापा मगर
६. सदस्य: जमानसिं अस्लामि मगर
७. सदस्य: याम बहादुर थापा मगर

नव निर्सवाचित अध्यक्ष लिल बहादुर राना मगरले समितिमा बाँकि सदस्यहरू क्षेत्र, लिङ्गकाे आधारमा थप गर्ने बताए ।

2 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %