राज्यसत्ता संवाददाता
जेष्ठ ९, २०८०
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं सांसद रवि लामिछानेविरुद्धको रिट दर्ता गर्न सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले आदेश दिएको छ ।
गएको वैशाख २५ गते सर्वोच्च अदालतमा साे रिट लगिएको थियो । वैशाख २८ मा सर्वोच्च प्रशासनले रिट दरपिठ गरेको थियो । रिट पुनः दर्ताका लागि युवराज पौडेल ‘सफल’ले यही जेठ २ मा निवेदन दिएका थिए । साे निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश श्रेष्ठको एकल इजलासले रविविरुद्धको रिट दर्ता गरी अघि बढाउन आदेश दिएको हो ।
सफलले भने, “तिलप्रसाद श्रीमान्को इजलासबाट यसअघि वैशाख २८ मा प्रशासनबाट दरपिठ भएको रिट दर्ताका लागि आदेश भएको छ,” पौडेलले भने, “लिखित आदेश आइसकेको छैन । ३ बजेभित्र लिखित आदेश आएमा आजै रिट दर्ता हुन्छ ।”
युवराज सफलले लामिछाने सांसद हुन अझै अयोग्य रहेको रिटमा जिकिर गरेका छन् । सफलका अनुसार लामिछानेले पुनः नागरिकता प्राप्तिको प्रक्रिया पूरा नगरी नागरिकता लिएको र त्यही रिट नपुगि लिएकाे नागरिकताकै आधारमा उपनिर्वाचनबाट निर्वाचित भएको उनको जिकिर छ ।
सर्वाेच्च अदालतले यसअघि रबि लामिछानेले अमेरिकाको नागरिकता नत्यागि नेपाली नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको कारण देखाउँदै गत माघ १३ गते लामिछानेको सांसद पद खारेज गरेको थियो । साे रिट दर्ता युवराज सफलले गराएका थिए र फेरि लामिछानेको सांसद पदको योग्यतासम्बन्धी रिट पनि युवराज पाैडेल सफललेनै लगेका हुन् ।