लामा गुरुबाट धर्म देशना

Read Time:1 Minute, 35 Second

३१ जुलाई २०११ हंगकंग
नेपालबाट आएका बौद्ध धर्मगुरु लोब्साङ रिम्पोछेले विशेष पूजा गरी बैषज्य बुद्धको अभिषेक (वाङ) र प्रवचन भक्तजनहरुलाई प्रदान गरे ।  कार्यक्रम कजवेबेको हंगकंग बुद्धिष्ट एसोसिएशन सांस्कृतिक सेन्टर हलमा पद्म संभब चेरीटी फाउडेशनको आयोजनामा र हंगकंग तमाङ घेदुङको संयोजकत्वमा सम्पन्न भएको थियो ।


कार्यक्रममा पद्म संभब चेरीटी फाउन्डेशनका अध्यक्ष डेनी थापा मगर र तमाङ घेदुङका अध्यक्ष दुर्गा तमाङले अतिथि तथा भक्तजनहरुलाई स्वागत गर्दै धन्यवाद दिए ।  अहिलेसम्म हंगकंगमा यस्तो कार्यक्रम नभएको र कार्यक्रम पनि राम्रो भएको अनि धर्मगुरु पनि स्पष्ट नेपाली र अग्रेजी बोल्न सक्नु हुने भएकोले पनि धर्मदेशना सवै भक्तजनहरुले स्पष्ट बुझ्न सकेको डेनीको भनाई थियो ।

अतिथिहरुमा नेपाली महाबाणिज्दूत विनोद कुमार उपाध्यय, हंगकंग नेपाली महासंघका अध्यक्ष प्रदीप थापा मगर, आदिवासी जनजाति महासंघका अध्यक्ष एम।वि। थापा मगर लगायत चाइनिज भक्तजनहरुको पनि राम्रो उपस्थिति रहेको थियो ।

भीम थापा मगर

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %