चैत १७, २०८०
राज्यसत्ता संवाददाता

नेपाल मगर संघ बागमती प्रदेशले रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गरेकाे छ । अध्यक्ष सबिन पुलामी मगरले पत्रकार सम्मेलनमा प्रेश विज्ञप्ति पत्रकारहरू समक्ष वाचन गरेका थिए । सम्बाेधनमा अध्यक्ष पुलामिले २६अाैं राष्ट्रिय सम्मेलनबाट पारित विधान संशाेधनलाई लत्याएर कथित महाधिवेशनकाे नामाकरण गरि अवैधानिक बाटाेबाट ज्ञानेन्द्र पुन मगरलाई अध्यक्ष बनाएकाे बताए ।अध्यक्ष साकार पुलामिले भने, “विधानगत हिसाबमा नेपाल मगर संघकाे २६अाैं राष्ट्रिय सम्मेलन र ०४९ काे विधानमा टेकेर अधिवेशन सम्पन्न नभएको हुँदा ज्ञानेन्द्र पुन ७५३ स्थानीय तहकाे बिना प्रतिनिधि अध्यक्ष हाे ।”

अध्यक्ष साकार पुलामीले अवैधानिक अध्यक्ष ज्ञानेन्द्र पुन मगरले नेपाल मगर संघलाई एमाले करण गरेकाे बताए । “नेपाल मगर संघ साझा संगठन भईसकेपछि संघकाे विधि र पद्धतिलाई टेकेर त्याे गतिविधि गर्नुपर्थ्याे ।तर यहाँ हेर राजनीति पार्टीको भातृ संगठनकाे रूपमा नेपाल मगर संघलाई एमालेकरण गर्न खाेजि राखेकाे छ ।” अध्यक्ष पुलामीले बताए ।

पत्रकार सम्मेलनकाे पूर्ण अंश
पत्रकार मित्रहरु
नेपाल मगर संघ केन्द्रिय समिति जिल्ला प्रशासन कार्यालय काठमाडौंमा संस्था दर्ता ऐन २०३४ अनुसार २०४९/०५० विधिवत रूपमा भई दर्ता नं/ २५२ प्राप्त गरि हालसम्म संचालनमा रहेकाे छ । यस संस्थाकाे मूख्य उद्देश्य सम्पूर्ण मगर जातिलाई गराउने मगरहरुको साझा संगठन हो ।
१ नेपाल मगर संघ केन्द्रीय समितिका अध्यक्ष श्रेद्धय नबिन रोका मगरज्यूको अध्यक्षतामा बसेको बैठले गरेकाे निर्णय अनुसार प्रदेश अध्यक्ष राज कुमार मगरको अध्यक्षतामा ११औँ पूर्ण बैठक मिति २०७९/०४/२१ गते बसेकाे थियाे । साे बैठककाे निर्णय अनुसार २०७९ असोज २ र ३ गते नेपाल मगर संघ बागमति प्रदेशको दोस्रो अबिधेशन सम्पन्न भईसकेको व्यहोरा अवगत नै छ ।
२ साे दोस्रो अबिधेशनको प्रमुख अतिथिको लागि नेपाल मगर संघ केन्द्रिय समितिलाई निमन्त्रणा पत्र पठाईएकाे थियाे । उक्त पत्र केन्द्रीय कार्यालयमा १३/२०७९/५/२९ मा दर्ता भएको थियाे ।
३ नेपाल मगर संघ बागमति प्रदेशकाे प्रदेश अबिधेशन गर्दा उच्च अदालतमा ११औँ राष्ट्रिय महाधिबेशन २०७३/०१/१८ गते देखि २२ गते सम्म नारायणगढ चितवनमा ११औँ राष्ट्रिय महाधिबेशन बाट पारित गरिएको मर्म अनुसार २०७४ सालमा भएको २६औँ राष्ट्रिय सम्मेलन बाट संसोधन गरि २०७६ साल ०४ महिना १७ गते जिल्ल प्रशासन कार्यलय काठमाडौँ जिल्ला स्थानीय अधिकारी बाट प्रमाणीकरण भएको बिधान अनुसार नेपाल मगर संघ केन्द्रिय समितिको १२औँ राष्ट्रिय माहधिबेशन नगरि सोही प्रमाणीकरण भएको बिधान दफा १२ अनुसार ७५३ पालिका बाट एक एक जना प्रतिनिधि सहभागी हुने ब्यवस्था हुँदा हुदै नेपाल मगर संघ केन्द्रिय समितिले संस्थाको सबै भन्दा महत्वपूर्ण अंग स्थानीय पालिका प्रतिनिधि बिना महाधिबेशन गर्ने भनि गरिएको निर्णय बिधान बिपरित भएको हुँदा उक्त महाधिबेशन अबैधानीक भएको ठहर गरि नेपाल मगर संघ जिल्ला समन्वय समितिहरु , नेपाल मगर भू।पू सैनिक तथा प्रहरी संघ को तर्फ बाट संसार भरि छरिएर भावनात्मक रुपले एकता हुने मगरहरुको साझा संगठन नेपाल मगर संघ केन्द्रिय समिति भएको हुँदा सामूहिक स्वार्थ को लागि साथै सस्थागत बिकासको लागि प्राबिधिक पक्ष विधानतः सबल पक्ष स्थापीत गर्न को लागि उच्च अदालतमा दिईएको मुद्धालाईं देखाई अधिबेशन रोक्ने कोशिस गरिएको ।
४ नेपाल मगर संघ बागमति प्रदेश समिति ले सोधिएको संस्थागत हो वा ब्यत्तिगत हो भनि हामी लाई सोधिएको लिखित स्पष्टीकरणमा जिल्लागत निर्णय अनुसार लेखित स्पष्टीकरण नेपाल मगर संघ बागमति प्रदेशलाई बुझाएको ।
५ नेपाल मगर संघ बागमति प्रदेशको दोस्रो अधिबेशनमा अबरोध नआउन दिनको लागि बिश्वासको बातवरण सिर्जन गर्न बागमति प्रदेश सँग बिधान सम्मत अबिधेशन सम्पन्न गर्ने र आयोजक भई आवश्यक सहयोग समेत गर्ने लिखित सझौता गरिएको ।
६ उक्त कार्य पछि नेपाल मगर संघ बागमति प्रदेश को २०७९ असोज २ र ३ गते हुने अधिबेशनको ठिक असोज १ गते साझ ६ः०० बजे नेपाल मगर संघ केन्द्रिय समितिको नाममा अधिबेशन स्थगन भएको भनि मेसेन्जर मार्फत जानकारी गराईएको नेपाल मगर संघ केन्द्रिय समितिको बिधानमा त्यस्तो कार्य रोक्नु परेमा १५ दिन अगवै जानकारी गराउने ब्यवस्था हुँदा हुँदै नेपाल मगर संघ बागमति प्रदेश को पूर्ण बैठकले गरेको निर्णयको पनि उल्लंघन हुने गरि प्रकाशन गरिएको सूचना आफैमा बिधानतः गलत रहेको ।
७ नेपाल मगर संघ बागमति प्रदेशको दोस्रो अधिबेशनमा नेपाल मगर संघ केन्द्रिय समिति दर्ता नं। २५२, २०४९ को बिधान बिपरित मेसेन्जर मार्फत गराएको जानकारीले बिाधानको मर्म बिपरित भएको हुँदा नेपाल मगर संघ पूर्व बरिष्ठ उपाध्यक्ष क्या। देउ ब। राना मगर ज्यू लाई प्रमूख अतिथि र नेपाल मगर संघ केन्द्रिय समितिको पदेना सदस्य नेपाल भू।पू सैनिक तथा प्रहरी संघका अध्यक्ष हुम ब। थापा मगर बिशेष अतिथि को रुपमा नेपाल मगर संघ बागमति प्रदेशको दोस्रो अधिबेशन गोगबु नयाँ बसपार्क स्थित गुरुङ राष्ट्रिय परिषद हलमा सम्पन्न गरिएको थियो ।
८ नेपाल मगर संघ बागमति प्रदेश को दोस्रो अधिबेशन सम्पन्न भए पश्चात सम्पूर्ण दस्ताबेजहरु नेपाल मगर संघ केन्द्रिय कार्यलय कलंकीमा दर्ता गराईं जानकारी गराईएको ।
९ नेपाल मगर संघ बागमति प्रदेश दोस्रो अधिबेशन सम्पन्न भई सकेपछि संस्थाको खाता संचालन गर्नको लागि बैठकले निर्णय गरि नवनिर्वाचित अध्यक्ष, कोषाध्यक्ष, र सचिवको नाममा खाता संचालनको लागि बैँकमा जादा संस्था बिघटित तथा निबर्तमान कोषाध्यक्ष ज्यू को ब्यक्तिगत निबेदनमा बैँक खाता हाल सम्म रोकिएको ।
१० नेपाल मगर संघ बागमति प्रदेशको ११औँ पूर्ण बैठकले निर्णय गरे अनुसार अधिबेशन सम्पन्न भईसकेको तर संस्थाको बिपरित केहि ब्यक्तिहरु को नाममा २०७९ माघ १४ गते नेपाल मगर संघ बागमति प्रदेशको नाममा बैठक बोलाए पछि बिधिवत सम्पन्न भएको अधिबेशन बाट आएको कार्य समिति ध्यानकर्षण भई शान्ति सुरक्षा को लागि प्रहरि परिषदलाई जानकारी गराउनु को साथै अबैधानीक समिति ले गरेको कार्य लाई सूचना टास गरि तालबन्दीको कार्यक्रम अनुसार बैठक बस्न नदिएको ।
११ नेपाल मगर संघ अबैधानीक केन्द्रिय समिति ले २०७९ मंसिर ७ गते उच्च अदालतमा बहस गर्दा नेपाल मगर संघ केन्द्रिय कार्यलयमा दर्ता गरिएको बागमति प्रदेश र जिल्ला समन्वय समितिको सम्झौता र नेपालमगर संघ बागमति प्रदेश ले दोस्रो अधिबेशन सम्पन्न गराई केन्द्रिय कार्यलयमा दर्ता गराई जानकारी दिईएको आधार देखाई जिल्ला समन्वय समितिहरु र भूत पूर्व सैनिक तथा प्रहरी संघले स्थानीय तहका ७५३ पालिका प्रतिनिधीहरु अभिलेखितकरण नभएको भनि प्रथम प्रदेश समितिको अधिबेशनमा भएको अभिलेख हुँदा हुँदै झुटो बयान र भ्रम सिर्जन गर्ने काम गरेको ।
१२ नेपाल मगर संघ बागमति प्रदेशको निर्णय अनुसार मकवानपुर हेटौडामा २०७९ चैत्र ०६ गते दर्ता नं। २१०९ नेपालमगर संघ बागमति प्रदेश संस्था दर्ता ऐन, २०३४ अनुसार नेपाल सरकारको जिल्ला प्रशासन कार्यलय मकवानपुर मा दर्ता भई आबद्ध भएको ।
१३ वटा जिल्ला ११९ स्थानीय पालीका नेपाल मगर संघ बागमति प्रदेश दर्ता गर्ने भनि चितवनको दोस्रो बैठकले निर्णय गरे अनुसार संस्था दर्ता गर्ने समय सम्म सबै कार्यमा सहभागी भई संस्थाको निर्णय अनुसार जानी जानी मर्म बिपरित कार्य गरिएको हुँदा नेपाल मगर संघ बागमति प्रदेश को दोस्रो अधिबेशन बाट प्रथम सचिव रुपमा निर्वाचित मिलन थापा मगर लाई स्पष्टीकरण माग गर्दा २०८० बैसाख ३०, ३१ गते नेपाल मगर संघ बागमति प्रदेशको दोस्रो अधिबेशन भनि उल्लेखित भ्रमपूर्ण पत्रमा सहसंयोजकको रुपमा उल्लेख भएको पाएको ले नेपाल मगर संघ बागमति प्रदेश को बिधान २०७९ परिच्छेद ३ दफा ११ को ग अनुसार सोधीएको स्पष्टिकरण तोकीएको मिति २०८० साल १ महिना १३ सम्म सह संयोजक मिलन थापा मगर बाट कुनै प्रतिकृया प्राप्त नभएको हुँदा हिजो साधरण सदस्य समेत नरहने गरि कारवाही गर्नुको साथै बागमति प्रदेश अन्र्तगत १३ जिल्ला र ११९ पालिकाहरु लाई उक्त अधिबेशनमा सहभागि नहुने समेत जानकारी गराईएको छ ।
सबिन पुलामी मगर
अध्यक्ष
