तरकारी र खाद्यान्‍नमा सरकारले विषादी जाँच गर्ने

चैत्र २८, २०७९
राज्यसत्ता संवाददाता
सरकारले विदेशबाट ल्याइने तथा स्वदेशमै उत्पादित तरकारी तथा खाद्यान्नमा विषादिको मात्रा परीक्षण गर्ने निर्णय गरेकाे छ । मंगलबारको मन्त्रिपरिषद्‍काे बसेकाे बैठकले खाद्यान्न तथा तरकारीमा विषादी जाँच गर्ने कार्यविधि पारित गरेकाे कृषि तथा पशुपंक्षीमन्त्री वेदुराम भुसालले बताए ।

मन्त्री भुसालले भने ‘आज कार्यविधि पारित भएको छ । अब भोलिदेखि नै यो कार्यान्वयनमा जान्छ । विदेशबाट ल्याएको मात्रै नभएर स्वदेशमै उत्पादन भएका तरकारी र सबै किसिमका खाद्यान्नमा पनि विषादीको मात्रा कति छ भनेर जाँच गरिन्छ,’ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %