उपनिर्वाचन तनहुँ १ की राप्रपा उम्मेदवार शाेभा चेक बाउन्समा दोषी ठहर

Read Time:1 Minute, 36 Second

चैत २७, २०७९

प्रतिनिधि सभा उपनिर्वाचन तनहुँ-१ को राप्रपाकी उम्मेदवार शोभा गुरुङ चेक अनादरको मुद्दामा दोषी ठहर भएकी छन् । पाटनकाे उच्च अदालतले आइतबार गुरुङलाई खातामा पर्याप्त रकम नभई चेक काटेको मुद्दामा दोषी ठहर गर्दै ३ दिन कैद सजाय सुनाएको छ ।

न्यायाधीशहरु ऋषिराम दवाडी र राजेन्द्र खरेलको इजलासले उनलाई दोषी ठहर गर्दै जाहेरीकर्ता लक्ष्मी कुमारी लिम्बुलाई १० लाख रुपैयाँ भराउने आदेश दिएको हो । उच्च अदालतले शाेभामाथि १० लाख रुपैयाँ जरिवाना तिराउने आदेश गरेको छ । थप ४० हजार रुपैयाँ क्षतिपूर्ति कोषमा तिराउने आदेश समेत ईजलासले गरेको छ । यो फैसला विरुद्ध गुरुङले सर्वोच्च अदालतमा पुनरावेदन दिन पाउने छिन् ।

निर्वाचन आयोगका सहसचिव यज्ञ भट्टराईले भने , ‘फैसला अन्तिम भइसकेको वा त्यो मुद्दा हेर्ने अन्तिम अदालतबाट फैसला हुँदा दोषी ठहर भएको अवस्थामा तोकिएका मुद्दाका कसुरदार मात्रै निर्वाचनमा प्रतिस्पर्धा गर्न नपाउने हुन् । फैसला अन्तिम नभएको अवस्थामा उम्मेदवारी बदर हुदैन ।’ भट्टराईले भनेका छन् ।

2 0
Happy
Happy
50 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
50 %