
राष्ट्रिय जनमुक्ति पार्टी, प्रदेश परिचालन समिति (लुम्बिनी/लुथम) ले आज लुम्बिनी प्रदेश सरकार समक्ष ४ बुँदे ज्ञापन पत्र बुझाएको छ ।
प्राप्त उपलब्धीहरु (संघीयता, गणतन्त्र, समावेशिता, धर्म निरपेक्षता आदि) को रक्षा, मूलुकमा व्याप्त व्यथितिहरुको अन्त्य, भ्रष्टाचारको अन्त्य, वैदेशिक हस्तक्षेपले राष्ट्रिय अस्मिता माथि पारेको असर, अनियन्त्रित महङ्गीको नियन्त्रण, सरकारले पहिचानको सम्मान गर्नु पर्ने लगायतका विषयलाई उक्त ज्ञापन पत्रमा विशेष उल्लेख गरिएको छ ।
ज्ञापन पत्र बुझ्दै सभामुख तुलाराम घर्ती (वसन्त) ले बर्तमान राजनीतिक परिस्थितिबारे जनमुक्तिले देखाएको चासो र अग्रसरता प्रती प्रसंशा गर्दै यी माग जनताको माग रहेको बताएका थिए। यी विषयकमा आफू पनि गम्भीर रहेको र पहिचानको मुद्धालाई स्थापित गर्न सभामुखको तर्फ बाट खेल्नुपर्ने भुमिका कतै कमि नहुने बताए।
प्रदेश अध्यक्ष झम बहादुर गुरुङ्गको नेतृत्वमा उपाध्यक्षद्वय लिलमाया राना, हरिओम बिके, कोसाध्यक्ष धनीसरा दर्लामी, उपसचिव आशा गुरुङ्ग, मगर महासंघ,नेपालका अध्यक्ष छत्र दर्लामी प्रदेश राजधानी दाङ्ग देउखुरी पुगेका थिए।
यसै विषयलाई लिएर राष्ट्रिय जनमुक्ति पार्टीले प्रदेश ५ (लुम्बिनी/लुथम) मा चरणबद्ध कार्यक्रम घोषणा गरेको संचार बिभाग प्रमुख राम अस्लामीले जानकारी दिनु भयो । जस अन्तर्गत प्राप्त उपलब्धीहरुको रक्षार्थ यही २६ गतेका दिन खबरदारी मार्चपास विभिन्न जिल्ला सदरमुकामहरुमा सम्पन्न गर्दैछ ।


