ओलिकाे भनाइअनुसार १० दलीय गठबन्धनको सरकारले देश निमिट्यान्‍न पार्ने

चैत्र ११, २०७९

राज्यसत्ता संवाददाता

कपिलवस्तु बुङ्चीमा आयोजित जिल्लास्तरीय प्रशिक्षणमा एमाले अध्यक्ष केपी शर्मा ओलीले १० दलीय गठबन्धनको सरकारले देश निमिट्यान्न पार्ने काम गरेकाे आरोप लगाएका छन् ।

केपी ओलिले भने ‘पुतलीको एउटा चरण हुन्छ, लार्भा त्यसपछि झुसीलकिरा । त्यसले त रुखका पात मात्र निमिट्यान्न पार्छ । दशतिर फर्किएका गठबन्धनका १० वटा मुख छन् । त्यसैले यीनीहरुले त देश नै निमिट्यान्न पार्न उद्यत छन्,’ ।

ओलि आफू प्रधानमन्त्री भएका बेला असाधारण काम भएको दाबी गरे । तर वर्तमान सरकारले देश र जनताका लागि काम नगरेको आरोप लगाए । ‘विदेशीका लागि, विदेशीको इसारामा काम गर्ने होइन । देश र जनताका लागि काम गर्नुपर्छ । तर, अहिले त्यस्तो भइराखेको छैन,’ ओलीले भने ।

गत निर्वाचन एमालेका लागि अस्तित्वको लडाइँ रहेको तर, लोकप्रिय मत हासिल गरेर पहिलो पार्टी भएको दाबी ओलिले गरेका छन् । अब आगामी निर्वाचनमा एमालेले तीन तहकै सरकारमा ५१ प्रतिशत मत हासिल गर्नका लागि ‘मिसन ग्रासरुट’ अभियान चलाएको उनको भनाइ थियो ।
यतिबेला एमालेका शीर्ष नेताहरू ‘मिसन ग्रासरुट’ अभियान अन्तर्गत देशका विभिन्न जिल्लाहरूमा पुगेर कार्यकर्तालाई सम्बोधन गरिरहेका छन् ।