महान्यायाधिवक्ताले रवि लामिछानलेलाई राहदानी दुरुपयोग मुद्दा नचलाउने निर्णय

Read Time:2 Minute, 15 Second

चैत्र ६, २०७९
राज्यसत्ता संवाददाता
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले राहदानी दुरुपयोग गरेको विषयमा महान्यायाधिवक्ताको कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको छ ।महान्यायाधिवक्ता दीनमणि पोखरेलले मुद्दा नचल्ने निर्णय गरेका हुन् ।

महान्यायाधिवक्ताको कार्यालयकाे अनुसार तलबाट सिफारिस भएर आएको प्रतिवेदन अनुसार मुद्दा नचलाउने निर्णय गरेकाे जनाएको छ । कुन आधारमा भएको हो भन्ने चाहिँ हेर्न बाँकी छ’ महान्यायाधिक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले बताएका छन् ।
लामिछानेले प्रधानमन्त्रीलाई विश्वासको मत दिने सवालमा आफ्नो मुद्दा नचलाउने निर्णय हुनुपर्ने लबिङ गरेका थिए । सोमबार पनि सभापति लामिछाने र संसदीय दलका कार्यवाहक नेता डोलप्रसाद अर्यालले प्रधानमन्त्री दाहाल र महान्यायाधिवक्ता पोखरेललाई दबाब दिएका थिए । सोमबार अर्याल महान्यायाधिवक्ता पोखरेललाई भेट्न कार्यकक्षमा नै पुगेका थिए ।

लामिछानेलाई राहदानीमा मुद्दामा सरकारले उन्मुक्ति दिएको छ । अमेरिकी नागरिकका हैसियतमा नेपाल आएर राहदानी लिएको भएपनि लामिछानेलाई मुद्दा नलाग्ने निर्णय जिल्ला प्रहरी परिसर टेकु, जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं र उच्च अदालत सरकारी वकिलको कार्यालयले गरेका थिए । जिल्ला र उच्च अदालतको प्रतिवेदन महान्यायाधिक्ताकहाँ पुगे थियाे । प्रतिवेदन पुगेपछि सोमबार त्यहाँबाट पनि मुद्दा नचल्ने निर्णय भएको हो ।

1 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %