
किर्तिपुर क्रिकेट मैदानमा भईरहेकाे म्याचमा नेपाललाई समर्थन गर्न हजारौँ समर्थक तथा दर्शक मैदान पुगेका छन् । कीर्तिपुरस्थित त्रिवि खेलमैदान दर्शकले भरिभराउ छ ।
कतिपय दर्शकहरू मैदान प्रवेश गर्न पाएका छैनन् । उनिहरू आसपासका रूख, घरका छतमा चढेर म्याच भएपनि हेरिरहेका छन् ।
किर्तिपुर क्रिकेट खेल मैदानमा पुगेका दर्शकहरू हातहातमा नेपाली राष्ट्रिय झन्डा बोकेका समर्थकले नेपाली खेलाडीलाई हौसला र हुटिङ दिइरहेका छन् ।







