दुधकाे लिटरमै ११ रूपैयाँले बढायो डिडिसीले

Read Time:2 Minute, 6 Second

चैत १,२०७९
राज्यसत्ता संवाददाता
सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी) ले दूधको मूल्य प्रति लिटरमा ११ रुपैयाँकाे दरले बढाएको छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सहमतिमा संस्थानले एकैपटक लिटरमा ११ रुपैयाँले मूल्य बढाएको जनाएको छ ।

उपभोक्ताले अब प्रति लिटर ९७ रुपैयाँ तिर्नुपर्ने संस्थानका सूचना अधिकारी राजेन्द्र अधिकारीका बताए । यसअघि उपभोक्ताले प्रतिलिटर ८६ रुपैयाँमा खरिद गर्दै आइरहेका थिए । बढेकाे मूल्य उपभोक्ता माथि बिहीबारदेखि लागू हुनेछ ।

चैत १ गतेबाट किसानले पाउने मूल्य लागू भएको थियो । यसअघि १९ फागुनमा मन्त्रिपरिषद्ले प्रतिलिटर दूधको मूल्य १० रुपैयाँले बढाउने निर्णय गरेको थियो ।

किसानले पाउने मूल्य ५६ रुपैयाँबाट ६५ रुपैयाँ पुर्याएकाे गियाे । किसानले पाउने मूल्य बढेपछि डिडिसीले पनि उपभोक्ता मूल्य बढाएको हो । त्यसरिनै संस्थानले स्ट्यान्डर्ड दूध प्रतिपाँच सय एमएल ४३ रुपैयाँबाट बढाएर ४८ रुपैयाँ पुर्याएको छ ।

फूल क्रिम प्रतिप्याकेट ५७ र गाईको दूधको मूल्य ५१ रुपैयाँ छ भने लो फ्याट चिया दूधको मूल्य ४० रुपैयाँ छ। अधिकारीका अनुसार सबै दूधमा प्रतिप्याकेट साढे ५ रुपैयाँ बढाइनेछ ।

घिउ, पनिर, दहीलगायतको मूल्य बढाउने विषयमा थप छलफल गरेर तोकिने बताए । उनले भने, ‘दुग्ध पदार्थसँग जोडिएको मूल्य हामी केही दिनमा सार्वजनिक गछौँ।’

2 1
Happy
Happy
0 %
Sad
Sad
50 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
50 %
Surprise
Surprise
0 %