राप्रपाले उपराष्ट्रपति निर्वाचनमा पनि मत नहाल्ने

Read Time:1 Minute, 18 Second

चैत्र १, २०७९
राज्यसत्ता संवाददाता
काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शुक्रबार हुने उपराष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको छ । उसकाे बैठकले उपराष्टपतिलाई मतदान नगर्ने भएको छ । गत बिहीबार सम्पन्न राष्ट्रपति निर्वाचनमा पनि राप्रपा तटस्थ बसेको थियाे ।

उपराष्ट्रपति पदकाे निर्वाचनमा ४ जना उम्मेदवार रहेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले जनता समाजवादीका उम्मेदवार रामसहायप्रसाद यादवलाई सघाउने निर्णय गरि सकेका छन् ।
एमालेले पार्टीले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपति पदकाे उम्मेदवार बनाएको छ । जनमत पार्टीकाे तर्फबाट ममता झालाई उम्मेदवार बनाएको छ भने लोसपा र नागरिक उन्मुक्तिले मतदान गर्ने निर्णय गरेकाे छ । जसपाबाट प्रमिलाकुमारी यादव पनि उपराष्ट्रपति पदका उम्मेदवार रहेकी छन् ।

4 0
Happy
Happy
25 %
Sad
Sad
50 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
25 %
Surprise
Surprise
0 %