जानजान कति अपमान?

Read Time:3 Minute, 8 Second

पूर्ण बहादुर राना

काेशि नामाकरण पश्चात उठेकाे विराेध प्रदर्शनमा राईलिम्बु मंगाेल अनुहार प्रति आर्य प्रहरिहरू हिंस्रक बन्न खाेजेकाे आभास भएकाे छ । याे घाँटी थिचाई अमेरिकामा ३ वर्ष अघि घटेकाे घटनाकाे झल्काे दिन्छ । अमेरिकामा घटेकाे त्यस घटनामा काला जातिका जर्ज फ्लाेयडलाई गाेरा जातिका प्रहरी डेरेक चाैभिनले घाँटी थिचेर हत्या गरेकाे अवस्थासँग मेल खान्छ । फरक यति हाे कि नेपाल प्रहरिले हातले घाँटी थिचेका छन् तर मारेका छैनन् । अमेरिकी प्रहरीले घुँडाले घाँटी थिचेर हत्या गरेका थिए । अर्काे फरक जर्ज फ्लाेयडले काेराेनाकाे कारणले बेरोजगार भएका थिए । उनी बाँच्नका लागि नक्कलि २० डलर प्रयाेग गरेका थिए । भने यता राईलिम्बु ३०० वर्षदेखि भाषाविहिन, राज्यविहिन र सत्ताबिहिन र पहिचान बिहिन भएकोले गुमेकाे अधिकार स्थापित गर्नलाई आन्दाेलन गरेका थिए ।

जर्ज पेरि फ्लाेयडकाे घटना

जर्ज पेरी फ्लोयड जूनियर १९७३अक्टोबर १४ मा जन्मेका थिए । उनलाई २०२० मे २५ मा मेनियापाेलिसकाे मिनेसोटामा एक प्रहरी अधिकारीले हत्या गरेक थिए। ति प्रहरी अफिसरले जर्ज फ्लाेयडकाे घाँटिमा घुँडाले थिचेर(ङ्याकेर) मारेका थिए ।

फ्लाेयडलाई मार्ने गाेरा जातिका प्रहरि थिए । उनकाे नाम डेरेक चौभिन थिए । जर्ज फ्लयाेड एक अफ्रिकी-अमेरिकी व्यक्ति थिए । मिनियापोलिसकाे प्रहरिकाे अनुसार जर्ज फ्लाेयडले स्टोर क्लर्कमा नक्कली बीस डलर प्रयोग गरेको हुनसक्ने आशंका गरेपछि उनी पक्राउ परेका थिए।

घटनास्थलमा आइपुगेका चार प्रहरी अधिकारीहरू मध्ये एकजना प्रहरिले फ्लोयडको घाँटीमा ९ मिनेट २९ सेकेन्डसम्म घुँडा टेकेर घाँटी थिचिदिएका थिए । त्यसपछि जर्ज फ्लाेयडलाई अक्सिजनको कमी भएकाे थियाे । जर्ज फ्लाेयडकाे हत्यापछि विराेध प्रदर्शन भएकाे थियाे । साे विराेध प्रदर्शनमा पुलिस क्रूरताको भएकाे थियाे । विशेष गरी काला जातिकाे रंगभेदि विराेध द्रुत रूपमा संयुक्त राज्य अमेरिकार।र विश्वव्यापी रूपमा फैलिएकाे थियाे । फ्लाेयडले मरणासन्न शब्दहरू, “म सास फेर्न सक्दिन(I cannot breathe)” प्रयाेग गरेका थिए । जुन शब्दहरू जुलुसको नारानै बनेकाे थियाे ।

4 0
Happy
Happy
0 %
Sad
Sad
40 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
60 %
Surprise
Surprise
0 %