राष्ट्रपति पाैडेलले आफुसँग बन्दी जीवन बिताएका साथिहरूलाई शपथ ग्रहणमा बाेलाउने

Read Time:2 Minute, 55 Second

फागुन २९, २०७९
राज्यसत्ता संवाददाता

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलकाे आज राष्ट्रपति भवनमा हुने शपथ ग्रहण हुने भएकाे छ । शपथ ग्रहण समारोहमा राष्ट्रपति पाैडेलले आफूसँग बन्दी जीवन बिताएका राजनीतिकर्मीहरूलाई आमन्त्रण गरेका छन् । उनकाे शपथ ग्रहण कार्यक्रम आजै दिउँसो १ बजेपछि सुरु हुनेछ ।

राष्ट्रपति पाैडेललेल ३० वर्षे पञ्चायति कालमा प्रजातन्त्रको लागि १३ वर्ष जेल र तत्कालीन राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा एक वर्ष गरी करिब १४ वर्ष राजनीतिक बन्दी जीवन बिताएका पौडेलले आफ्ना दुःखका बेलाका साथीलाई खुसीका बेलामा सम्झने भएको हो ।

नवनिर्वाचित राष्ट्रपति पौडेलको निजी सचिवालयका अनुसार, शपथ ग्रहण समारोहमा इन्दु शर्मा, गोविन्द कँडेल, रघुराम शर्मालाई आमन्त्रण गरिएको छ । उहाँहरू पौडेलसँग बन्दी जीवन बिताउनुभएका राजनीतिककर्मी हुन् ।

राष्ट्रपति पाैडेलले बागलुङ कारागारमा बन्दी जीवन बिताउँदा दूध पु-याउने डिलप्रसाद सापकोटा (सापकोटा बाजे) पनि आजका अतिथिमा बाेलाएका छन् । सापकोटा बाजेलाई बागलुङबाटै काठमाडौं बोलाइएको हो ।

नवनिर्वाचित राष्ट्रपति पौडेलको तर्फबाट डा. मीनेन्द्र रिजाल, सुजाता कोइराला, कृष्णप्रसाद सिटौला, अन्जना भण्डारी, भवेश्वर गुरुङ, वीरेन्द्रभक्त श्रेष्ठ, इन्दु शर्मा पौडेल, गोविन्द कँडेल –बाग्लुङ, गोपाल पराजुली–तनहुँ, लोकनाथ आचार्य, अशोक अग्रवाल, दिव्यकुमार श्रेष्ठ, उद्धव पौडेल, काठमाडौं, जगदीश शर्मा, माथवरसिं बस्नेत, जगदीश शर्मा, डिलप्रसाद सापकोटा, यज्ञेश्वर पोखरेल, रामप्रसाद कसुला, ओमकार श्रेष्ठ, ईश्वर घिमिरे, होम रसाइली, दीपक मल्ल, तीर्थराम डङ्गोल, वैकुण्ठ मिश्र, अमरराज कैनीलाई आमन्त्रण गरिएको छ ।

राष्ट्रपति कार्यालयले राष्ट्रपति भवनमा हुने शपथ ग्रहण समाराेहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति, प्रधानमन्त्री सहितको राज्यका विशिष्ट व्यक्तिहरूलाई निमन्त्रणा गरेकाे छ ।

2 0
Happy
Happy
50 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
50 %