सिन्धुलीमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, २८ घाइते

Read Time:1 Minute, 54 Second

फाल्गुन २८, २०७९

राज्यसत्ता संवाददाता
सिन्धुली – सिन्धुली अवस्थित मध्यपहाडी राजमार्ग फिक्कल गाउँपाालिका–४ को कुहिभीरमा आइतबार यात्रुवाहक बस दुर्घटना भएको छ । दुर्घटनामा परी ६ जनाको घटनास्थलमै मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् ।

ओखलढुंगाबाट काठमाडौं जाँदै गरेको बा २ ख ६५९६ नम्बरको बस दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको सिन्धुली प्रहरीले जनाएको छ । मृत्यु हुनेमा तीन पुरुष, दुई महिला र एक बालिका रहेका छन् ।
घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ । गम्भीर घाईतेहरूलाई हेलिकोप्टरमार्फत काठमाडौं पठाउन लागिएको सिन्धुली प्रहरी प्रमुख एसपी राजकुमार सिलवाले जानकारी दिए । दुर्घटनाका सामान्य घाइतेहरुलाई उद्धार गरी खुर्कोट अस्पतालमा उपचारका लागि पठाइएको छ । बसमा करिब ३४ जना यात्रु रहेका थिए ।

सिन्धुली प्रहरीका प्रवक्ता एवं डिएसपी चिरञ्जीवी दाहालका अनुसार सडकको भित्तामा बस ठोक्किएकाे थियाे । दुर्घटना भएको बस भित्तामा चेपिएर रहेकाले उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । चेपिएकाे घाइतेलाई मेसिनले बसलाई उठाई निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बस चालक फरार रहेको जनाएको छ । बस दुर्घटना के कारणले भएको हाे साेकाे थप विवरण आउन बाँकी छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %